back
CTIZAN AD

नेपालमा असार १४ सम्मको कोरोना अपडेटः १२७७२ जना संक्रमित, आइसोलेशनमा ९७३१ जना र २८ जनाको मृत्यु

वि.सं.२०७७ असार १४ आइतवार

768 

shares

१४ असार, काठमाण्डौं । नेपालमा आइतबार (१४ असार) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ५ लाख १२ हजार ६०५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरीका २२ वटा प्रयोगशालाबाट दुवै प्रविधिबाट ७,६९४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट २ लाख १५ हजार ८३९ र आरडिटी प्रविधिबाट २ लाख ९६ हजार ७६६ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४,९६२ वटा पिसीआर र २,७३२ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,७३१ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५१४ पुगेको छ । साथै आज रुपन्देही र पर्साका २ जना रेडजोनामा थपिएका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ६७ हजार ३१ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १२७७२ पुगेको छ भने आज निको भएर १७९ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ३,०१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २८ रहेको छ ।

आज १७९ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि १७९ जना निको  घर फर्किएका हुन् । उनीहरुमा १६६ पुरुष र १३ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेमा रौतहटबाट ४६ पुरुष, कोभिड १९ अस्पताल सपही धनुषाबाट ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष गरेर २८ जना, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

त्यसैगरी साइकृष्ण आइसोलेशन सप्तरीबाट १ महिला र १५ पुरुष गरी १६ जना, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष गरी ३९ जना, सिराहा अस्पतालबाट ६ पुरुष, महेन्द्र मण्डल अस्पताल सिराहाबाट १ महिला र १२ पुरुष गरी १३ जना, कलैया अस्पताल बाराबाट १७ पुरुष गरी जम्मा १७९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । उनीहरुमा १३ महिला र १६६ पुरुष रहेका छन् । आज निको भएका १७९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३,०१३ पुगेको छ । जसमा २५५ महिला र २,७५८ पुरुष रहेका छन् ।

आज ४६३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १२ हजार ७७७ पग्यो
नेपालमा आज ४६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा १०५ महिला र ३५८ जना पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी बाजुरामा ६३ जना, महोत्तरीमा ५६ जना, गुल्मीका ३८ जना, प्युठानमा ३५ जना, दाङमा ३४ जना, बाजुरामा ३२ जना, नवलपरासीपूर्वमा ३१ जना र बाग्लुङमा २९ जना रहेका छन् ।

नेपालमा आज ४६३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

त्यस्तै मोरङमा १७, रौतहटमा १७, कैलालीमा १७, डोटीमा १३, रुपन्देहीमा १२, धनुषामा १०, कपिलवस्तुमा ८, अर्घाखाँचीमा ६, तनहुँमा ६, उदयपुरमा ६, कास्कीमा ५, खोटाङमा ४, सल्यान, दोलखा, झापा, पाल्पा र पर्वत, म्याग्दीमा २÷२ इलाम सुनसरी, डडेल्धुरा, दार्चुला, गोर्खा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ, ललितपुर र लम्जुङमा १÷१ जना गरी जम्मा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जसमा १०५ महिला र ३५८ जना पुरुष रहेका छन् ।

आज थपिएका ४६३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ रहेको छ । जसमा महिला १,४७४ जना र पुरुष ११,२९८ जना रहेका छन् । नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा हालसम्मको कोरोना अपडेटः १२,३०९ संक्रमित, २८ जनाको मृत्यु र निको हुनेको संख्या २,८३४ पुग्यो

 

वि.सं.२०७७ असार १४ आइतवार १८:४८ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...