
१४ असार, काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्ति बारे नेकपा स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले आपत्ति जनाएका छन् । उनले नेकपाकै नेता भारतसँग मिलेर प्रधानमन्त्रीलाई हटाउन खोजे भनेर भन्नु अत्यन्तै गलत भएको बताए ।
संसार न्यूजसँग कुरा गर्दै उनले भने, ‘भारतले के गरेको छ, हामीलाई थाहा भएन । भारतले हटाउन खोजेको छ छैन् त्यो बेग्लै विषय हो । नेकपाका नेताहरु भारतसँग मिले भन्ने कुरा सर्वथा नै गलत हो । नेकपाका कोही नेता भारतसँग मिलेर आफ्नै नेतालाई सरकारबाट हटाउने खेलोमा कुरा गर्छन् भन्नु आपत्तिजनक छ । पार्टीभित्र विवाद हुने, मतभेद हुने, छलफल हुने, बहस हुने कुरा सामान्य हो । अर्को कुरा, पार्टीभित्र अहिले सरकार परिवर्तन गर्नेबारे प्रश्न उठेकै छैन् ।’
भारतले के गरेको छ, हामीलाई थाहा भएन । भारतले हटाउन खोजेको छ छैन् त्यो बेग्लै विषय हो । नेकपाका नेताहरु भारतसँग मिले भन्ने कुरा सर्वथा नै गलत हो । नेकपाका कोही नेता भारतसँग मिलेर आफ्नै नेतालाई सरकारबाट हटाउने खेलोमा कुरा गर्छन् भन्नु आपत्तिजनक छ ।
पोखरेले स्थायी समितिको बैठकमा पनि नक्साको विषयमा सरकारको निकै प्रशंसा भएको बताए । ‘स्थायी समितिको बैठकमा पनि सरकारले गरेको नक्सासम्बन्धी कामको निकै प्रशंसा भएको छ’, पोखरेलले भने, ‘नक्सा परिवर्तनमा सिंगो पार्टी, सबै दल अनि जनता लागेका थिए । कोही पनि नक्सा परिवर्तन नगर्ने पक्षमा उभिएनन् । नक्सा परिवर्तन सर्वसम्मत भएको विषय हो । यसलाई गौरव गर्ने कुराकाे रुपमा नेकपाले लिएकाे छ ।’
उनले नक्साकै कारण प्रधानमन्त्रीलाई दण्ड दिनुपर्छ भनेर कसैले भनेको भन्नु पनि गलत हुने तर्क गरे । पार्टीभित्रको बहस पनि जिम्मेवारी पाउने र एकता प्रक्रिया टुंग्याउनेमा रहेको उनले प्रष्ट पारे ।
उनले भने, ‘कसैले पनि प्रधानमन्त्री ज्यूलाई नक्साकै कारण अपराध गर्यो भनेर दण्ड दिने कुरा गरेको छैन् । पार्टीभित्र उठेको बहस सरकार फेर्नेभन्दा जिम्मेवारी नपाएकाले जिम्मेवारी पाउनु पर्यो भन्नेमा छ । संगठनात्मक कामहरुको समुचित बाँडफाँडको माग छ । एकता प्रक्रिया छिटो टुंग्याउनु पर्यो भन्नेमा छ ।’
कसैले पनि प्रधानमन्त्री ज्यूलाई नक्साकै कारण अपराध गर्यो भनेर दण्ड दिने कुरा गरेको छैन् । पार्टीभित्र उठेको बहस सरकार फेर्नेभन्दा जिम्मेवारी नपाएकाले जिम्मेवारी पाउनु पर्यो भन्नेमा छ । संगठनात्मक कामहरुको समुचित बाँडफाँडको माग छ । एकता प्रक्रिया छिटो टुंग्याउनु पर्यो भन्नेमा छ ।
आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।
सम्बन्धित समाचारहरु
आफुँलाई भारत र नेकपाकै नेताहरु मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति युक्तिसंगत ?