back
CTIZAN AD

नेकपाका नेता भारतसँग मिलेर असहयोग गरे भन्नु आपत्तिजनक छ : लिलामणी पोखरेल

वि.सं.२०७७ असार १४ आइतवार

1.5K 

shares

१४ असार, काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्ति बारे नेकपा स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले आपत्ति जनाएका छन् । उनले नेकपाकै नेता भारतसँग मिलेर प्रधानमन्त्रीलाई हटाउन खोजे भनेर भन्नु अत्यन्तै गलत भएको बताए ।

संसार न्यूजसँग कुरा गर्दै उनले भने, ‘भारतले के गरेको छ, हामीलाई थाहा भएन । भारतले हटाउन खोजेको छ छैन् त्यो बेग्लै विषय हो । नेकपाका नेताहरु भारतसँग मिले भन्ने कुरा सर्वथा नै गलत हो । नेकपाका कोही नेता भारतसँग मिलेर आफ्नै नेतालाई सरकारबाट हटाउने खेलोमा कुरा गर्छन् भन्नु आपत्तिजनक छ । पार्टीभित्र विवाद हुने, मतभेद हुने, छलफल हुने, बहस हुने कुरा सामान्य हो । अर्को कुरा, पार्टीभित्र अहिले सरकार परिवर्तन गर्नेबारे प्रश्न उठेकै छैन् ।’

भारतले के गरेको छ, हामीलाई थाहा भएन । भारतले हटाउन खोजेको छ छैन् त्यो बेग्लै विषय हो । नेकपाका नेताहरु भारतसँग मिले भन्ने कुरा सर्वथा नै गलत हो । नेकपाका कोही नेता भारतसँग मिलेर आफ्नै नेतालाई सरकारबाट हटाउने खेलोमा कुरा गर्छन् भन्नु आपत्तिजनक छ ।

पोखरेले स्थायी समितिको बैठकमा पनि नक्साको विषयमा सरकारको निकै प्रशंसा भएको बताए । ‘स्थायी समितिको बैठकमा पनि सरकारले गरेको नक्सासम्बन्धी कामको निकै प्रशंसा भएको छ’, पोखरेलले भने, ‘नक्सा परिवर्तनमा सिंगो पार्टी, सबै दल अनि जनता लागेका थिए । कोही पनि नक्सा परिवर्तन नगर्ने पक्षमा उभिएनन् । नक्सा परिवर्तन सर्वसम्मत भएको विषय हो । यसलाई गौरव गर्ने कुराकाे रुपमा नेकपाले लिएकाे छ ।’

उनले नक्साकै कारण प्रधानमन्त्रीलाई दण्ड दिनुपर्छ भनेर कसैले भनेको भन्नु पनि गलत हुने तर्क गरे । पार्टीभित्रको बहस पनि जिम्मेवारी पाउने र एकता प्रक्रिया टुंग्याउनेमा रहेको उनले प्रष्ट पारे ।

उनले भने, ‘कसैले पनि प्रधानमन्त्री ज्यूलाई नक्साकै कारण अपराध गर्यो भनेर दण्ड दिने कुरा गरेको छैन् । पार्टीभित्र उठेको बहस सरकार फेर्नेभन्दा जिम्मेवारी नपाएकाले जिम्मेवारी पाउनु पर्यो भन्नेमा छ । संगठनात्मक कामहरुको समुचित बाँडफाँडको माग छ । एकता प्रक्रिया छिटो टुंग्याउनु पर्यो भन्नेमा छ ।’

कसैले पनि प्रधानमन्त्री ज्यूलाई नक्साकै कारण अपराध गर्यो भनेर दण्ड दिने कुरा गरेको छैन् । पार्टीभित्र उठेको बहस सरकार फेर्नेभन्दा जिम्मेवारी नपाएकाले जिम्मेवारी पाउनु पर्यो भन्नेमा छ । संगठनात्मक कामहरुको समुचित बाँडफाँडको माग छ । एकता प्रक्रिया छिटो टुंग्याउनु पर्यो भन्नेमा छ ।

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।

सम्बन्धित समाचारहरु

आफुँलाई भारत र नेकपाकै नेताहरु मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति युक्तिसंगत ?

वि.सं.२०७७ असार १४ आइतवार १८:४१ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...