back
CTIZAN AD

एमसीसीबाट ध्यान मोड्न प्रधानमन्त्रीले नक्साको कुरा गरे : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

वि.सं.२०७७ असार १४ आइतवार

936 

shares

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नक्सा परिवर्तन गर्दा आफुँलाई नै हटाउन खोजियो भनि दिएको अभिव्यक्ति युक्तिसंगत नभएको परराष्ट्रविद् तथा सीमाविद् हिरण्यलाल श्रेष्ठले बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसार न्यूजसँग कुराकानी गर्दै श्रेष्ठले एमसीसीबाट ध्यान मोड्न गरिएको प्रपञ्च भनि टिप्पणी गरे । श्रेष्ठले प्रधानमन्त्री फेरेर भारतको योजना सफल हुने कुनै ठाउँ नभएको स्पष्ट पारेका छन् ।

‘नक्साको विषयमा सत्तारुढ नेकपा मात्रै नभई विपक्षी दलहरुबीच पनि सहमती छ, प्रधानमन्त्रीमाथि उठेको प्रश्न नक्साको कारण नभई एमसीसीको एजेण्डाबाट आएको हो, एमसीसीबाट ध्यान अन्यत्र मोड्नलाई र सबै दलको समर्थन भएको नक्सालाई प्रयाेग गरि आफुँ टिक्ने उपाय खोज्न प्रधानमन्त्रीले यस्तो प्रपञ्च रचेका हुन्’ परराष्ट्र विद् श्रेष्ठले भने, ‘जुनसुकै प्रधानमन्त्री फेरिएपनि संसदले पास गरेको नक्सा भएको हुनाले समस्या हुँदैन्, यो प्रधानमन्त्री फेरिनेभन्दा माथिको कुरा हो ।’

नक्साको विषयमा सत्तारुढ नेकपा मात्रै नभई विपक्षी दलहरुबीच पनि सहमती छ, प्रधानमन्त्रीमाथि उठेको प्रश्न नक्साको कारण नभई एमसीसीको एजेण्डाबाट आएको हो, एमसीसीबाट ध्यान अन्यत्र मोड्नलाई र सबै दलको समर्थन भएको नक्सालाई प्रयाेग गरि आफुँ टिक्ने उपाय खोज्न प्रधानमन्त्रीले यस्तो प्रपञ्च रचेका हुन् । 

उनले प्रधानमन्त्री फेरिँदा भारतलाई फाईदा हुने तर्क गर्नु अर्थहिन भएको टिप्पणी गरे । उनले भने, ‘नक्सा एकमतले पास गरेको विषय हुनाले कसैले परिवर्तन गर्न खोजेर अर्थ छैन् । यस्तो अवस्थामा प्रधानमन्त्री फेर्दा पनि भारतको उद्देश्य पुरा हुँदैन् । प्रधानमन्त्रीको पदसँग नक्सा सम्बन्धीत छैन् । जुनसुकै प्रधानमन्त्री आएपनि नक्सालाई लागु गर्नुपर्ने दायित्व अनिवार्य रहन्छ ।’

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टीका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।

सम्बन्धित समाचारहरु

आफुँलाई भारत र नेकपाकै नेताहरु मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति युक्तिसंगत ?

वि.सं.२०७७ असार १४ आइतवार १८:३२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...