
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नक्सा परिवर्तन गर्दा आफुँलाई नै हटाउन खोजियो भनि दिएको अभिव्यक्ति युक्तिसंगत नभएको परराष्ट्रविद् तथा सीमाविद् हिरण्यलाल श्रेष्ठले बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसार न्यूजसँग कुराकानी गर्दै श्रेष्ठले एमसीसीबाट ध्यान मोड्न गरिएको प्रपञ्च भनि टिप्पणी गरे । श्रेष्ठले प्रधानमन्त्री फेरेर भारतको योजना सफल हुने कुनै ठाउँ नभएको स्पष्ट पारेका छन् ।
‘नक्साको विषयमा सत्तारुढ नेकपा मात्रै नभई विपक्षी दलहरुबीच पनि सहमती छ, प्रधानमन्त्रीमाथि उठेको प्रश्न नक्साको कारण नभई एमसीसीको एजेण्डाबाट आएको हो, एमसीसीबाट ध्यान अन्यत्र मोड्नलाई र सबै दलको समर्थन भएको नक्सालाई प्रयाेग गरि आफुँ टिक्ने उपाय खोज्न प्रधानमन्त्रीले यस्तो प्रपञ्च रचेका हुन्’ परराष्ट्र विद् श्रेष्ठले भने, ‘जुनसुकै प्रधानमन्त्री फेरिएपनि संसदले पास गरेको नक्सा भएको हुनाले समस्या हुँदैन्, यो प्रधानमन्त्री फेरिनेभन्दा माथिको कुरा हो ।’
नक्साको विषयमा सत्तारुढ नेकपा मात्रै नभई विपक्षी दलहरुबीच पनि सहमती छ, प्रधानमन्त्रीमाथि उठेको प्रश्न नक्साको कारण नभई एमसीसीको एजेण्डाबाट आएको हो, एमसीसीबाट ध्यान अन्यत्र मोड्नलाई र सबै दलको समर्थन भएको नक्सालाई प्रयाेग गरि आफुँ टिक्ने उपाय खोज्न प्रधानमन्त्रीले यस्तो प्रपञ्च रचेका हुन् ।
उनले प्रधानमन्त्री फेरिँदा भारतलाई फाईदा हुने तर्क गर्नु अर्थहिन भएको टिप्पणी गरे । उनले भने, ‘नक्सा एकमतले पास गरेको विषय हुनाले कसैले परिवर्तन गर्न खोजेर अर्थ छैन् । यस्तो अवस्थामा प्रधानमन्त्री फेर्दा पनि भारतको उद्देश्य पुरा हुँदैन् । प्रधानमन्त्रीको पदसँग नक्सा सम्बन्धीत छैन् । जुनसुकै प्रधानमन्त्री आएपनि नक्सालाई लागु गर्नुपर्ने दायित्व अनिवार्य रहन्छ ।’
आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टीका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।
सम्बन्धित समाचारहरु
आफुँलाई भारत र नेकपाकै नेताहरु मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति युक्तिसंगत ?