back
CTIZAN AD

नासाले माग्यो अन्तरिक्षामा शौलाचय बनाउने प्रस्ताव, तपाई पनि सहभागी हुन सक्नुहुन्छ

वि.सं.२०७७ असार १५ सोमवार

876 

shares

अन्तरिक्षमा शौचालय लामो समयदेखि नै एक मुद्दा भएको छ । सबै यात्रुहरु जो अहिलेसम्म अन्तरिक्ष अभियानमा गएका छन् तिनीहरूले डायपर प्रयोग गरेका छन् । यसको लागि उनीहरूसँग विशेष डायपर बोकेका छन् । यस समस्याको समाधानका लागि नासाले विश्वभरका व्यक्तिहरुबाट आफ्नो धारणा साझा गर्न आग्रह गरेको छ । तपाई जो कोहीले पनि भन्न सक्नुहुन्छ कि कसरी अन्तरिक्षमा वाशरूम निर्माण गर्न सकिन्छ ।

नासाले सामाजिक ‘नेटवर्क’ Herox (HeroX) सँग नयाँ “Lunar Loo”  चुनौतीको लागि साझेदारी गरेको छ । नासालाई यस्तो एक वाशरूमको जरुरत छन् जुन चन्द्र सतहमा कम्तिमा एक हप्ताको लागि काम गरोस् ।

अमेरिकाले सन् २०२४ सम्ममा मानिसहरूलाई चन्द्रमामा लैजान तयारी गरिरहेको छ । तर यो भन्दा पहिले, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अगाडि एउटा ठूलो समस्या वाशरूमको रूपमा खडा छ । नासाको भनाइ छ कि ‘हामीले विश्वव्यापी समुदायलाई हामीलाई पूर्ण सक्षम, कम सामूहिक शौचालयको डिजाइन अवधारणा पठाउन आग्रह गरेका छौं ।’ डिजाईन यस्तो हुनुपर्छ कि यो दुबै अन्तरिक्ष र चन्द्रमा प्रयोग गर्न सकियोस् ।

नासा टोलीका एक सदस्यका अनुसार यस चुनौतीको माध्यमबाट अर्काे दुई महिनामा आउने विभिन्न डिजाइनको सहायताबाट शौचालय निर्माण सम्भव होस् भन्ने चाहन्छन् । यसैकारण आम जनताको सहायताको जरुरत परेको उनको भनाई छ । नासा अन्तरिक्ष शौचालयको बारेमा धेरै गम्भीर भएको बताउँदै उनले भने ‘वैज्ञानिकहरूको संसार बाहिर धेरै कुरा छन् जुन हामी जान्दैनौं, तर जनताले भन्न सक्छ ।’

यो च्यालेन्जका लागि पुरस्कार राशी ३६ हजार डलर छ । अन्तरिक्ष शौचालयको अवधारणा छनौटमा परेका मध्ये ३ वटालाई सो रकम पहिलो, दोस्रो र तेस्रो स्थान घोषणा गरेर पुरस्कृत गरिने बताइएको छ ।

यसका लागि तपाई https://www.herox.com/LunarLoo मा गएर सहभागी हुन सक्नुहुन्छ ।

वि.सं.२०७७ असार १५ सोमवार १९:५७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...