back
CTIZAN AD

होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय

वि.सं.२०७७ असार १५ सोमवार

705 

shares

१५ असार, काठमाडौँ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

सीसीएमसीको सोमबार बसेको बैठकले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताए । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड बनाउने उनले बताए । हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने बताइएको छ ।

त्यस्तै उद्योग व्यवसाय सञ्चालन गर्दा उपभोक्ता तथा व्यवसायीले अपनाउनु पर्ने मापदण्ड कार्यान्वयन नभएको भन्दै त्यसलाई कडा गरिने निर्णय पनि उक्त बैठकले गरेको छ ।

नेपाली आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुलाई नेपाल ल्याउने सन्दर्भमा भिसा सहजीकरणका लागि अहिले कुनै मापदण्ड नभएकोले यसलाई प्रस्तावको रुपमा मन्त्रीपरिषद्मा लैजाने निर्णय सीसीएमसी बैठकले गरेको पनि सचिव गुरागाईंले बताए ।

त्यस्तै सीसीएमसीले क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ ।

त्यस्तै, सिसिएमसीले विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई भनेको छ । टोफेल आइएलटिएसको परीक्षा गर्नका लागि निर्देशिका तयार पार्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ ।

वि.सं.२०७७ असार १५ सोमवार १८:३१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...