back

नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३१३४ पुग्यो

वि.सं.२०७७ असार १५ सोमवार

147 

shares
NTC AD
Global IME AD

१५ असार, काठमाण्डौं । नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आज कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेमा १३ महिला र १०८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, नारायणी अस्पताल वीरगन्जबाट पर्साका ३ महिला र २० पुरुष गरी २३ जना, अल्पमाइ नर्सिङ इन्स्च्यिुट सर्लाहीबाट १३ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट धनुषाका ३ पुरुष र महेन्द्र गेनाई अस्पताल सिराहाबाट १ महिला र १३ पुरुष गरी १४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ महिला र १ पुरुष, म्याग्दी अस्पतालबाट ३ पुरुष, पर्वत अस्पतालबाट ३ महिला र ६ पुरुष गरेर ९ जना, स्याङजा अस्पतालबाट ४ महिला र २९ पुरुष गरेर ३३ जना, तनहुँ अस्पतालबाट ५ पुरुष, नुवाकोट अस्पतालबाट २ महिला र ६ पुरुष गरेर ८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट २ पुरुष, आर्दश नगर आइसोलेशन सेन्टर बाँकेबाट ३ पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट ३ पुरुष कोरोना संक्रमणबाट मुक्त भएर घर फकिएसँगै आज जम्मा १२१ जना निको भएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेकोे मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज निको भएका १२१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३,१३४ पुगेको छ । जसमा २८६६ पुरुष र २६६ महिला रहेका छन् ।

नेपालमा आज १७९ जना कोरोनालाइ जितेर घर फर्किए, निको हुनेको संख्या ३ हजार नाघ्यो

वि.सं.२०७७ असार १५ सोमवार १८:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...