back
CTIZAN AD

नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३१३४ पुग्यो

वि.सं.२०७७ असार १५ सोमवार

726 

shares

१५ असार, काठमाण्डौं । नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आज कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेमा १३ महिला र १०८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, नारायणी अस्पताल वीरगन्जबाट पर्साका ३ महिला र २० पुरुष गरी २३ जना, अल्पमाइ नर्सिङ इन्स्च्यिुट सर्लाहीबाट १३ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट धनुषाका ३ पुरुष र महेन्द्र गेनाई अस्पताल सिराहाबाट १ महिला र १३ पुरुष गरी १४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ महिला र १ पुरुष, म्याग्दी अस्पतालबाट ३ पुरुष, पर्वत अस्पतालबाट ३ महिला र ६ पुरुष गरेर ९ जना, स्याङजा अस्पतालबाट ४ महिला र २९ पुरुष गरेर ३३ जना, तनहुँ अस्पतालबाट ५ पुरुष, नुवाकोट अस्पतालबाट २ महिला र ६ पुरुष गरेर ८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट २ पुरुष, आर्दश नगर आइसोलेशन सेन्टर बाँकेबाट ३ पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट ३ पुरुष कोरोना संक्रमणबाट मुक्त भएर घर फकिएसँगै आज जम्मा १२१ जना निको भएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेकोे मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज निको भएका १२१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३,१३४ पुगेको छ । जसमा २८६६ पुरुष र २६६ महिला रहेका छन् ।

नेपालमा आज १७९ जना कोरोनालाइ जितेर घर फर्किए, निको हुनेको संख्या ३ हजार नाघ्यो

वि.सं.२०७७ असार १५ सोमवार १८:०१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...