काठमाडौं । आगामी आर्थिक बर्षमा कर्जाको ब्याज एकल अंकमा झर्ने अर्थमन्त्री यूवराज खतिवडाले दावी गरेका छन । सोमबार नेपाल उद्योग परिसंघ (सिएनआई)को सत्रौं वार्षिक साधारण सभाको अबसरमा आयोजित भर्चुअल कार्यक्रममा खतिवडाले यस्तो धारणा राखेका हुन् ।
अहिलेको अवस्थाले व्याजदरलाई एकल अंकको नजिक ल्याउने उनको तर्क छ । साउनको पहिलो हप्ता आउने मौद्रिक नीतिले यसको सम्बोधन गर्ने डा.खतिवडको भनाई छ ।
कर्जाको ब्याज घटाउँदा निक्षेपको पनि ब्याज घटाउनु पर्ने हुन्छ । त्यसतर्फ संकेत गर्दै डा. खतिवडाले भने ‘बैंकहरुलाई कर्जा र निक्षेपको ब्याज मिलाउन निर्देशन दिईसकिएको छ अरु कुरा मौद्रिक नीतिले सम्बोधन गर्छ ।’
अर्थमन्त्री डा. खतिवडाले अगामी बर्ष नेपालको आर्थिक बृद्धिदर पुरानै लयमा फर्किने पनि बताएका छन । त्यसका लागि अर्थमन्त्रालयले साउन १ बाटै बजेठको पूर्ण कार्यान्वयनको तयारी थालेको पनि बताएका छन ।
त्यस्तै विदेशीमुद्राको संचिति अहिलेसम्म कै उच्च रहेको तथा आगामी बर्ष बिप्रेषण पनि बढ्ने खतिवडाले बताएका छन ।
वि.सं.२०७७ असार १५ सोमवार १७:५२ मा प्रकाशित



























