back
CTIZAN AD

नेपालमा आज १७९ जना कोरोनालाइ जितेर घर फर्किए, निको हुनेको संख्या ३ हजार नाघ्यो

वि.सं.२०७७ असार १४ आइतवार

906 

shares

१४ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि १७९ जना निको घर घर फर्किएका हुन् । उनीहरुमा १६६ पुरुष र १३ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेमा रौतहटबाट ४६ पुरुष, कोभिड १९ अस्पताल सपही धनुषाबाट ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष गरेर २८ जना, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

त्यसैगरी साइकृष्ण आइसोलेशन सप्तरीबाट १ महिला र १५ पुरुष गरी १६ जना, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष गरी ३९ जना, सिराहा अस्पतालबाट ६ पुरुष, महेन्द्र मण्डल अस्पताल सिराहाबाट १ महिला र १२ पुरुष गरी १३ जना, कलैया अस्पताल बाराबाट १७ पुरुष गरी जम्मा १७९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । उनीहरुमा १३ महिला र १६६ पुरुष रहेका छन् ।

आज निको भएका १७९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३,०१३ पुगेको छ । जसमा २५५ महिला र २,७५८ पुरुष रहेका छन् ।

बढ्दै छ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि १३६ जना डिस्चार्ज भए

वि.सं.२०७७ असार १४ आइतवार १७:४१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...