
१३ असार, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १३६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेमा १८ जना महिला र ११८ जना पुरुष रहेका छन् ।
आज निको हुनेमा गोठगाउँ आइसोलेशन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११ पुरुष, पाँचथरका १ पुरुष, सुनसरीका २० पुरुष, ताप्लेजुङका १ पुरुष र उदयपुरका ४ पुरुष संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोर्खाका १ पुरुष, कास्कीका ४ महिला र १० पुरुष गरी १४ जना, पर्वतका १ पुरुष र स्याङजाका १ महिला पनि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यसैगरी जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला, कोरोना विशेष अस्पताल दाङबाट १ परुष, मेहलकुना अस्पताल सुर्खेतबाट ७ महिला र ६ पुरुष गरेर १३ जना, सुशिल कोइराला प्रखर अस्पताल बाँकेबाट बर्दियाका ४ महिला र २ पुरुष तथा बाँकेका २ महिला र २१ पुरुष गरी २३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज निको भएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २,८३४ पुगेको छ । जसमा २४२ महिला र २,५९२ पुरुष रहेका छन् ।