back
CTIZAN AD

बढ्दै छ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि १३६ जना डिस्चार्ज भए

वि.सं.२०७७ असार १३ शनिवार

768 

shares

१३ असार, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १३६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेमा १८ जना महिला र ११८ जना पुरुष रहेका छन् ।

आज निको हुनेमा गोठगाउँ आइसोलेशन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११ पुरुष, पाँचथरका १ पुरुष, सुनसरीका २० पुरुष, ताप्लेजुङका १ पुरुष र उदयपुरका ४ पुरुष संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोर्खाका १ पुरुष, कास्कीका ४ महिला र १० पुरुष गरी १४ जना, पर्वतका १ पुरुष र स्याङजाका १ महिला पनि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसैगरी जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला, कोरोना विशेष अस्पताल दाङबाट १ परुष, मेहलकुना अस्पताल सुर्खेतबाट ७ महिला र ६ पुरुष गरेर १३ जना, सुशिल कोइराला प्रखर अस्पताल बाँकेबाट बर्दियाका ४ महिला र २ पुरुष तथा बाँकेका २ महिला र २१ पुरुष गरी २३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज निको भएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २,८३४ पुगेको छ । जसमा २४२ महिला र २,५९२ पुरुष रहेका छन् ।

वि.सं.२०७७ असार १३ शनिवार १८:३७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...