back
CTIZAN AD

गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाद्वारा निःशुल्क दूध वितरण

वि.सं.२०७७ असार १६ मंगलवार

729 

shares

सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएको गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले ६ प्यालेट्स शुद्व दुध वितरण गरेको छ ।

कोभिड १९ को महामारी सुरु भएलगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निःशुल्क खाधन्न वितरण गरी बाह्रौँ पटकमा जुन २३, २०२० अन्तिम गरेको फाउण्डेसनले जुन २९ मा न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघसस्थाहरुको सहयोगमा निःशुल्क दूत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निःशुल्क शुद्व दुध वितरण गरिएको अध्यक्ष घिमिरेले बताए।

फाउण्डेशनलाई ६ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,१५२ ग्यालन अर्थात् ४३६० लिटर शुद्व दुध सहयोग स्वरुप प्राप्त भएको दूध विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन लिएर वेरहाउसबाट आफैं उठाएका थिए ।

सोही कार्यक्रममा नेपाल अमेरिकन कलाकार संघकालाई मेडिया कोओर्डीनेटर पुष्कर बराल मार्फत २० ग्यालन दुध, रिजहुड नेपालिज सोसाईटिलाई यसै संस्थाका सदस्य एवम् नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी मार्फत ६० ग्यालन दुध, नेपाल तरुण दल अमेरिकालाई यसै संस्थाका उपाध्यक्ष अनन्तराज सुवेदि मार्फत ६० ग्यालन दुध, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरलाई यसै संस्थाका अध्यक्ष केशव राम राई मार्फत ६० ग्यालन दुध, घ्याल्सुम्दो सेवा संस्था अमेरिकालाई यसै फाउण्डेशनका केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा मार्फत ६० ग्यालन दुध, नेजस (NPRCA-NY) लाई सचिव अनिल पाण्डे मार्फत ४० ग्यालन दुध, तनहु समाज अमेरिका न्युयोर्कका प्रतिनिधि होम बहादुर गुरूड्ग मार्फत ४० ग्यालन दुध, स्याङ्जा समाज अमेरिकालाई, प्रतिनिधि दिेनेश भण्डारीमार्फत प्राप्त ४० ग्यालन दुध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क दूध वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने रेखा श्रेष्ठ, दिपक गौतम, रविन बिराडी, लक्ष्मण पुन, प्रधुम्न रायमाझी, प्रेमलाल बुढा मगर, ईन्डीयन कम्युनिटीवाट सत्नाम लाल सिहं लगायतले स्वयमसेवी रुपमा सहयोग गरेका थिए। बाँकी रहेको शुद्व दुध टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राइटर रेखा श्रेष्ठले रेस्टुरेन्टकै फ्रिज उपलब्ध गराइ भण्डारण गर्न सहयोग गरेका थिए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा ओट्टो स्टार्जमेन र टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राइटर रेखा श्रेष्ठलाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।

वि.सं.२०७७ असार १६ मंगलवार १९:२१ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...