back
CTIZAN AD

मालपोत र नापी माग्न पैयूखोलेको डेलिगेसन

वि.सं.२०७७ असार १८ बिहीवार

1.3K 

shares

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पैयुँको पीडा आफूलाई थाहा भएको बताउँदै मन्त्री अर्याललाई प्राथमिकता दिन अनुरोध गरेका थिए भने मन्त्री अर्यालले यसअघि मित्रलाल बस्यालसहितको भेट स्मरण गराउँदै जतिसक्दो चाँडो प्रयास गर्ने बताएकी थिइन् ।

१८ असार, काठमाडौँ । पर्वतको दक्षिणी भेगमा मालपोत र नापी सेवा व्यवस्था गर्नको लागि भन्दै पर्वतको पैयुँ गाउँपालिकाबाट एक डेलिगेसन काठमाडौँ आएको छ । सो डेलिगेसन टिमले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई समस्या अवगत गराएको छ ।

पर्वतको पैयुँ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठको संयोजनमा आएको सो टोलिको नेतृत्व पर्वत जिल्ला समन्वय समितिकी उपसभापति यामकुमारी रानाले गरेकी थिइन् । टोलिमा पैयुँ गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी, नेकपा नेता मित्रलाल बस्याल, नेकपा पैयूँका नेता रेशमलाल सापकोटा, जीवलाल बस्याल, मर्दिखोला बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण श्रेष्ठ, पैयुँ ३ का वडा अध्यक्ष विष्णु काफ्ले, ५ का वडा अध्यक्ष उमाकान्त भूर्तेल, ७ का वडा अध्यक्ष भीम गुरुङ तथा लोक अधिकारी संलग्न थिए । साथै काठमाडौमा रहेका पैयुँखोलेहरु भरत शर्मा, नीलकण्ठ तिवारी, सुन्दर भुसाल, मित्र राना र शिव पौडेल समेतले सहभागिता जनाएका थिए ।

सो भेटका अवसरमा पैयुँ गाउँपालिकाको पत्र अध्यक्ष खगेन्द्र तिवारीबाट र नेकपा पैयुँको पत्र नेता रेशम सापकोटाद्वारा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पैयुँको पीडा आफूलाई थाहा भएको बताउँदै मन्त्री अर्याललाई प्राथमिकता दिन अनुरोध गरेका थिए भने मन्त्री अर्यालले यसअघि मित्रलाल बस्यालसहितको भेट स्मरण गराउँदै जतिसक्दो चाँडो प्रयास गर्ने बताएकी थिइन् ।

वि.सं.२०७७ असार १८ बिहीवार १०:४४ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...