
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पैयुँको पीडा आफूलाई थाहा भएको बताउँदै मन्त्री अर्याललाई प्राथमिकता दिन अनुरोध गरेका थिए भने मन्त्री अर्यालले यसअघि मित्रलाल बस्यालसहितको भेट स्मरण गराउँदै जतिसक्दो चाँडो प्रयास गर्ने बताएकी थिइन् ।
१८ असार, काठमाडौँ । पर्वतको दक्षिणी भेगमा मालपोत र नापी सेवा व्यवस्था गर्नको लागि भन्दै पर्वतको पैयुँ गाउँपालिकाबाट एक डेलिगेसन काठमाडौँ आएको छ । सो डेलिगेसन टिमले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई समस्या अवगत गराएको छ ।
पर्वतको पैयुँ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठको संयोजनमा आएको सो टोलिको नेतृत्व पर्वत जिल्ला समन्वय समितिकी उपसभापति यामकुमारी रानाले गरेकी थिइन् । टोलिमा पैयुँ गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी, नेकपा नेता मित्रलाल बस्याल, नेकपा पैयूँका नेता रेशमलाल सापकोटा, जीवलाल बस्याल, मर्दिखोला बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण श्रेष्ठ, पैयुँ ३ का वडा अध्यक्ष विष्णु काफ्ले, ५ का वडा अध्यक्ष उमाकान्त भूर्तेल, ७ का वडा अध्यक्ष भीम गुरुङ तथा लोक अधिकारी संलग्न थिए । साथै काठमाडौमा रहेका पैयुँखोलेहरु भरत शर्मा, नीलकण्ठ तिवारी, सुन्दर भुसाल, मित्र राना र शिव पौडेल समेतले सहभागिता जनाएका थिए ।
सो भेटका अवसरमा पैयुँ गाउँपालिकाको पत्र अध्यक्ष खगेन्द्र तिवारीबाट र नेकपा पैयुँको पत्र नेता रेशम सापकोटाद्वारा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पैयुँको पीडा आफूलाई थाहा भएको बताउँदै मन्त्री अर्याललाई प्राथमिकता दिन अनुरोध गरेका थिए भने मन्त्री अर्यालले यसअघि मित्रलाल बस्यालसहितको भेट स्मरण गराउँदै जतिसक्दो चाँडो प्रयास गर्ने बताएकी थिइन् ।