
१८ असार, काठमाडौँ । केहि दिन देखि अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । पछिल्लो एक हप्तामा मात्रै अष्ट्रेलियामा ३ सय ९८ कोरोना संक्रमितहरु भेटिएको छन ।
बुधबार अष्ट्रेलियामा दुई महिना यताकै सबै भन्दा बढि कोरोना संक्रमित भेटिएका छन । वल्डोमिटरका अनुसार अष्ट्रेलियामा बुधबार ८४ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन जो दुई महिना यताकै सबै भन्दा धेरै हो ।
यससँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या पनि ८ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ८ हजार १ पुगेको छ भने कोरोनाको संक्रमणबाट १ सय ४ जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियामा ८ हजार संक्रमित मध्य ७ हजार ९० जना कोरोना मुक्त भएर घर फर्केका छन ।