back
CTIZAN AD

जिट्को नविकरणका लागि विभागको आह्वान

वि.सं.२०७७ असार १८ बिहीवार

1.1K 

shares

१८ असार, काठमाडौँ ।  वैदेशिक रोजगार विभागले  नेपाली श्रमिकलाई प्राविधिक प्रशिक्षार्थी कामदारका रुपमा जापान पठाउने अनुमति पाएको इन्टरनेशनल ट्रेनिङ कोपरेशन अर्गनाइजेसन (जिट्को) अन्तर्गत  जापान पठाउन सूचीकृत संस्थाहरुलाई नवीकरण गर्न आह्वान गरेको छ ।

संस्था नविकरणका लागि निवेदनका साथमा नविकरण दस्तुर बापत रु. १० हजार बुझाइएको रसिद, अघिल्लो नविकरण मिति खुलेको सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, जिट्को मार्फत आ.ब ०७५/०७६ मा पठाएको कामदारको संस्था बुझाउनु पर्नेछ ।

त्यस्तै आ.व. २०७८ वासो भन्दा अगाडी आ.व सम्मका लागि नविकरण भएको प्रमाणपत्र, बैंक ग्यारेन्टी र नगद धरौटी, आ.व २०७५/०७६ को कर चुक्ता प्रमाणपत्र र कम्पनी अध्यावधिक भएको वा सो को प्रक्रिया सुरु गरिएको प्रमाणित हुने कागजातको प्रतिलिपी पनि निवेदनका साथमा संलग्न गर्नुपर्नेछ ।

निवेदन जुलाई ३१ भित्रमा बुझाउनु पर्ने जनाइएको छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १६:२७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...