back
CTIZAN AD

सत्तारुढ नेकपाभित्र देखिएको विवादबारे बोल्दै भट्टराईले भने : कामरेडहरुलाई दुईतिहाई पचेन !

वि.सं.२०७७ असार १८ बिहीवार

876 

shares

काठमाडौं । जनता समाजवादी नेता डाक्टर बाबुराम भट्टराईले सत्तारुढ नेकपालाई दुई तिहाईको बहुमत नपचेको टिप्पणी गरेका छन् । उनले सरकारको शैली हेर्दा घीउ नपचेको जस्तो देखिएको बताएका हुन् ।

सत्तारुढ नेकपाभित्र देखिएको संकटबारे बोल्दै भट्टराईले घिउको सन्दर्भ ल्याएका हुन् । ‘कुनै–कुनै प्राणीलाई घीउ पच्दैन रे !’ सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘हाम्रा कमरेडहरुलाई पनि दुईतिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ ।’

उनले सरकारलाई दुई तिहाई नपच्दा लोकतन्त्रमाथि नै खतरा देखिएको पनि टिप्पणी गरेका छन् । भट्टराईले सरकारको शैलीप्रति खबरदारी आवश्यक रहेको पनि बताए ।

सामाजिक सञ्जालमा उनले अगाडि भनेका छन्, ‘दुई तिहाईको अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौं र खबरदारी गरौं( यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’

वि.सं.२०७७ असार १८ बिहीवार १६:२५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...