
काठमाडौं । जनता समाजवादी नेता डाक्टर बाबुराम भट्टराईले सत्तारुढ नेकपालाई दुई तिहाईको बहुमत नपचेको टिप्पणी गरेका छन् । उनले सरकारको शैली हेर्दा घीउ नपचेको जस्तो देखिएको बताएका हुन् ।
सत्तारुढ नेकपाभित्र देखिएको संकटबारे बोल्दै भट्टराईले घिउको सन्दर्भ ल्याएका हुन् । ‘कुनै–कुनै प्राणीलाई घीउ पच्दैन रे !’ सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘हाम्रा कमरेडहरुलाई पनि दुईतिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ ।’
कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं- यत्रो त्याग/बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!
— Baburam Bhattarai (@brb1954) July 2, 2020
उनले सरकारलाई दुई तिहाई नपच्दा लोकतन्त्रमाथि नै खतरा देखिएको पनि टिप्पणी गरेका छन् । भट्टराईले सरकारको शैलीप्रति खबरदारी आवश्यक रहेको पनि बताए ।
सामाजिक सञ्जालमा उनले अगाडि भनेका छन्, ‘दुई तिहाईको अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौं र खबरदारी गरौं( यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’