back
CTIZAN AD

ओली सरकारको निर्णयप्रति गगन थापाको आक्रामक टिप्पणी : विनासकाले विपरित बुद्धि !

वि.सं.२०७७ असार १८ बिहीवार

1K 

shares

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने गरेको निर्णयप्रति कांग्रेस नेता गगन थापाले आक्रामक टिप्पणी गरेका छन् । उनले संसद अधिवेशनको अन्त्य सरकारको विनाश हुने बेलाको बुद्धि भएको बताएका छन् ।

सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले पार्टीभित्रको किचलोमा संसदलाई अचानोमा पारिएको उल्लेख गरेका छन् ।

‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य, विनासकाले विपरित वुद्धि !’, सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले भनेका छन्, ‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन् । पार्टीभित्रको किचलोको अचानोमा संसद !’

ओली नेतृत्वको सरकारको यो निर्णय संसदलाई छलेर अध्यादेशहरु ल्याउने दुस्प्रयास पनि हुनसक्ने थापाको भनाई छ । ‘संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्’, उनले भनेका छन् ।

सरकारले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त निर्णय कार्यान्वयनमा ल्याएकी छिन् । विभिन्न महत्वपूर्णं विधेयकहरुमाथि छलफल चलिरहेको बेला अप्रत्यासित संसद अधिवेशन अन्त्य गरिएसँगै राजनीतिक वृत्तमा सरगर्मी तातेको छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १५:५४ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...