back
CTIZAN AD

ओली सहभागि नभएपछि स्थायी समिति बैठक स्थगित, नेताहरुले औंल्याए छलफलको खाँचो

वि.सं.२०७७ असार १८ बिहीवार

816 

shares

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली उपस्थिति नभएपछि बिहिबार दिउँसो बसेको स्थायी समितिको बैठक पनि स्थगित भएको छ । बैठक आगामी शनिबारसम्मको लागि स्थगित भएको नेकपाका एक नेताले बताएका छन् ।

उनले जनाएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित थिएनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवासबाट फर्किए लगत्तै सुरु भएको बैठक ओलीको अनुपस्थितिसँगै लगत्तै स्थगित भएको थियो ।

बैठकमा प्रचण्डले राष्ट्रपति विद्या भण्डारीसँगको भेटको विषयमा जानकारी गराएका थिए । छोटो बैठकमा नेताहरुले शीर्ष तहबीच गम्भीर छलफलको खाँचो औंल्याएका थिए ।

यसअघि बिहान ११ बजे बसेको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित थिएनन् । मन्त्रिपरिषद बैठकमा सहभागी भएका ओली स्थायी समिति बैठकमा नआएपछि बैठक अलमलमा परेको थियो ।

आकस्मिक रुपमा गरिएको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै नेकपाभित्र थप अन्यौंलता बढेको छ । शीर्ष नेताहरु दिनभर बेग्ला–बेग्लै छलफलमा जुटेका थिए ।

वि.सं.२०७७ असार १८ बिहीवार १६:५२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...