back

आज काठमाण्डौंका २८ जनासहित ४७३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४,५१९ पुग्यो

वि.सं.२०७७ असार १८ बिहीवार

51 

shares

१८ असार, काठमाण्डौं । नेपालमा आज ४७३ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ४७३ जनामा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी कैलालीमा १६५ जना, डोटीमा ५८ जना, बझाङमा ३५ जना, अछामा ३१ जना, कन्चनपुरमा ३१ जना, धनुषामा ३० जना र काठमाण्डौंमा २८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ पुरुष र मोरङका ४ महिला र २ पुरुष गरी ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १ महिला र ९ पुरुष गरी १० जना, जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ महिला र २६ पुरुष गरी ३० जना र महोत्तरीका १ महिला र १२ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरि ३१ जना, डोटीका १० महिला र ४८ पुरुष गरेर डोटीका १० महिला र ४८ गरी ५८ जना, कैलालीका ४० महिला र १२५ पुरुष गरी १६५ जना, कन्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जना र खोटाङका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरका १ पुरुष, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका १ महिला र १ पुरुष, टिचिङ अस्पताल महारागजगन्जमा गरिएको परीक्षणमा बर्दियाका १ महिला, भक्तपुरका २ पुरुष, दाङका २ पुरुष, धादिङका १ महिला, दोलखाका १ महिला र १ पुरुष, गोर्खाका १ पुरुष, काठमाण्डौंका १७ महिला र ११ पुरुष गरेर २८ जना, काभ्रेका १ पुरुष, ललितपुरका १ पुरुष, मकवानपुरका १ महिला, पाल्पाका १ महिला रामेछापका १ पुरुष, रुपन्देहीका १ पुरुष, सिन्धुलीका १ पुरुष, उदयपुरका १ महिला, नवलपरासीका १ पुरुष, सिन्धुपाल्चोकका १ पुरुष, अर्घाखाँचीका २ पुरुष र सुनसरीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

टेकु अस्पतालमा रसुवाका १ महिला, नुवाकोटका पुरुष, सिन्धुपाल्चोकका १ महिला र २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल पोखरामा बाग्लुङका १ पुरुष, पर्वतका २ पुरुष, तनहुँका ३ पुरुष, स्याङजाका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ पुरुष, लम्जुङका १ महिला र १५ पुरुष गरी १६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २ पुरुष, स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १ पुरुष गरि आज १०९ महिला र ३६४ पुरुष गरि ४७३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज ४७३ जना संक्रमित भेटिएसँगै नेपालमा कूल संक्रमितको संख्या १४,५१९ पुगेको छ । जसमा १८८३ जना महिला र १२,६३६ जना पुरुष रहेका छन् ।

आज उपत्यकाका १७ जनासहित ४८२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १४,०४६ पुग्यो

वि.सं.२०७७ असार १८ बिहीवार १६:५३ मा प्रकाशित

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...