back
CTIZAN AD

आज काठमाण्डौंका २८ जनासहित ४७३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४,५१९ पुग्यो

वि.सं.२०७७ असार १८ बिहीवार

1K 

shares

१८ असार, काठमाण्डौं । नेपालमा आज ४७३ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ४७३ जनामा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी कैलालीमा १६५ जना, डोटीमा ५८ जना, बझाङमा ३५ जना, अछामा ३१ जना, कन्चनपुरमा ३१ जना, धनुषामा ३० जना र काठमाण्डौंमा २८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ पुरुष र मोरङका ४ महिला र २ पुरुष गरी ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १ महिला र ९ पुरुष गरी १० जना, जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ महिला र २६ पुरुष गरी ३० जना र महोत्तरीका १ महिला र १२ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरि ३१ जना, डोटीका १० महिला र ४८ पुरुष गरेर डोटीका १० महिला र ४८ गरी ५८ जना, कैलालीका ४० महिला र १२५ पुरुष गरी १६५ जना, कन्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जना र खोटाङका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरका १ पुरुष, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका १ महिला र १ पुरुष, टिचिङ अस्पताल महारागजगन्जमा गरिएको परीक्षणमा बर्दियाका १ महिला, भक्तपुरका २ पुरुष, दाङका २ पुरुष, धादिङका १ महिला, दोलखाका १ महिला र १ पुरुष, गोर्खाका १ पुरुष, काठमाण्डौंका १७ महिला र ११ पुरुष गरेर २८ जना, काभ्रेका १ पुरुष, ललितपुरका १ पुरुष, मकवानपुरका १ महिला, पाल्पाका १ महिला रामेछापका १ पुरुष, रुपन्देहीका १ पुरुष, सिन्धुलीका १ पुरुष, उदयपुरका १ महिला, नवलपरासीका १ पुरुष, सिन्धुपाल्चोकका १ पुरुष, अर्घाखाँचीका २ पुरुष र सुनसरीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

टेकु अस्पतालमा रसुवाका १ महिला, नुवाकोटका पुरुष, सिन्धुपाल्चोकका १ महिला र २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल पोखरामा बाग्लुङका १ पुरुष, पर्वतका २ पुरुष, तनहुँका ३ पुरुष, स्याङजाका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ पुरुष, लम्जुङका १ महिला र १५ पुरुष गरी १६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २ पुरुष, स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १ पुरुष गरि आज १०९ महिला र ३६४ पुरुष गरि ४७३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज ४७३ जना संक्रमित भेटिएसँगै नेपालमा कूल संक्रमितको संख्या १४,५१९ पुगेको छ । जसमा १८८३ जना महिला र १२,६३६ जना पुरुष रहेका छन् ।

आज उपत्यकाका १७ जनासहित ४८२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १४,०४६ पुग्यो

वि.सं.२०७७ असार १८ बिहीवार १६:५३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...