back
CTIZAN AD

आज उपत्यकाका १७ जनासहित ४८२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १४,०४६ पुग्यो

वि.सं.२०७७ असार १७ बुधवार

981 

shares

१७ असार, काठमाण्डौं । नेपालमा आज ( १७ असार)  ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ४८२ जनामा ११७ महिला र ३६५ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी अछाममा १२६ जना, महोत्तरीमा ३६ जना, सुर्खेत २२ जना, र धनुषामा २१ जना रहेका छन् । साथै आज उपत्यकामा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाण्डौंमा १०, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धरानका ६ महिला र १ पुरुष, सिराहाका १ महिला र १ पुरुष, सुनसरीका १ महिला, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ महिला, झापाका २ महिला र ४ पुरुष, मोरङका १ पुरुष रहेका छन् ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका २ महिला र ५ पुरुष गरी ७ जना, मोरङका १ पुरुष, ताप्लेजुङका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २१ पुरुष, महोत्तरीका ३ महिला र ३३ पुरुष गरी ३६ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा सर्पाका १ महिलमा पनि संक्रमण पृष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरेर ५९ जना, बझाङका ४ महिला र १४ पुरुष गरेर १८ जना, बाजुराका २ महिला र ५ पुरुष गरी ७ जना, गोर्खाका २ पुरुष, कैलालीका ४ महिला र १० पुरुष गरी १४ जना, कन्चनपुर र पर्वतका १÷१ जना पुरुष रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका २ महिला र ४ पुरुष गरी ६ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गोर्खाका १ महिला, चितवनका २ महिला र १० पुरुष गरेर १२ जना, झापाका १ महिला, नवलपरासीपूर्वका २ महिला र ९ पुरुष गरी ११ जनामा संक्रमण पृष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका १ पुरुष, धु्लिखेल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ महिला, काठमाण्डौंका ३ महिला र १ पुरुष गरी ४ जना, मोरङका १ महिला र ललितपुरका ३ महिला र २ पुरुष गरि ५ जनामा संक्रमण पुष्टि भएको छ ।

वीर अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा डोटीका ५ महिला र २ पुरुष गरी ७ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, डोटीका २ महिला र ९ पुरुष गरी ११ जना, कैलालीका २ महिला र ८ पुरुष, कन्चनपुरका २ महिला र ७ पुरुष गरी ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ महिला र १ पुरुष, स्याङजाका २ महिला र ६ पुरुष, तनहुँका १ महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ३ महिला र लम्जुङका १० पुरुषमा पनि संक्रमण पृष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका १ पुरुष, गुल्मीका १ महिला र ७ पुरुष गरी ८ जना, नवलपरासीका १ महिला, पाल्पाका २ पुरुष, भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ७ महिला र ४ पुरुष गरी ११ जना, बर्दियाका २ महिला र ९ पुरुष गरी ११ जना, दैलेखका २ पुरुष, कालिकोटका २ पुरुष, सल्यानका ३ महिला र १२ पुरुष गरी १५ जना, सुर्खेतका ४ महिला र १८ पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २ महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराका ४ महिला र १४ पुरुष गरेर १८ जना, जुम्लाका १ पुरुष, सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १ पुरुष, बैतडीका १ पुरुष, कैलालीका १ महिला र २ पुरुष गरी आज जम्मा ४८२ जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमा ११७ जना महिला र ३६५ जना पुरुष रहेका छन् । आज पुष्टि भएका ४८२ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । जसमा महिला १,७७४ जना र पुरुष १२,२७२ जना रहेका छन् ।

आज काठमाण्डौंका १२ सहित ३१६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १३५६४ पुग्यो

वि.सं.२०७७ असार १७ बुधवार १७:०७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...