back
CTIZAN AD

मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्दै

वि.सं.२०७७ असार १७ बुधवार

963 

shares

१७ असार, काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले रु. पचास करोड (५०,०००००००) बराबरको १०.५ प्रतिशत ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । त्यसका लागि फाइनान्सले निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा श्री एनआईबिएल एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूँजीबाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा फाइनान्सले गरेको छ ।
संस्थाको चैत्र २०७६ सम्म रु. ८ अर्ब १० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७० करोड कर्जा लगानी रहेको बताइएको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रियस्तरको वित्तिय संस्था हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७७ असार १७ बुधवार १७:०४ मा प्रकाशित

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...