काठमाडौं । सत्तारुढ नेकपाभित्र भुँईचालो ल्याएको एमाले दल दर्ताको विषयमा नेकपा नेता एंव सांसद महेश बस्नेत तिर अनुसन्धान सोझिएको छ । निर्वाचन आयोगमा दर्ताको लागि निवेदन परेको दलको केन्द्रीय पदाधिकारीमा तत्कालिन एमालेकै युवा संघका सदस्यहरु समेत भेटिएसँगै अनुसन्धान बस्नेततिर सोझिएको हो ।
नेकपा उच्च स्रोतले जनाएअनुसार नेकपा एमालेको पदाधिकारीमा रहेका केहि सदस्य तत्कालिन युवा संघकै सदस्य छन् । यसबारे हामीले सांसद बस्नेतसँग प्रतिक्रिया लिन खोजेका थियौं । जुन असफल हुन पुग्यो ।
सत्तारुढ नेकपाभित्र भुँईचालो ल्याएको एमाले दल दर्ताको विषयमा नेकपा नेता एंव सांसद महेश बस्नेत तिर अनुसन्धान सोझिएको छ । निर्वाचन आयोगमा दर्ताको लागि निवेदन परेको दलको केन्द्रीय पदाधिकारीमा तत्कालिन एमालेकै युवा संघका सदस्यहरु समेत भेटिएसँगै अनुसन्धान बस्नेततिर सोझिएको हो ।
नेकपा उच्च स्रोतले दाबी गरेअनुसार दल दर्ताको विषयमा सुरु भएको आन्तरिक अनुसन्धानमा बस्नेतको सहभागिताबारे प्रमाणहरु समेत भेटिएका छन् । साथै दल दर्ताको प्रक्रियामा बस्नेतसँगै पूर्वआईजीपी सर्वेन्द्र खनालसमेत सक्रिय भेटिएको स्रोतले जनाएको छ । यसअघि बस्नेत र खनाल सांसद अपहरण काण्डमा समेत मुछिएका थिए ।
सांसद अपहरणमा काण्डमा बस्नेत र खनाल मुछिएका थिए
नेकपा सांसद महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनाल चर्चित सांसद अपहरण काण्डमा समेत मुछिएका थिए । उक्त काण्डमा अदालतबाट सफाई पाए पनि तत्कालिन समय पार्टी फुटाउन समाजवादीका सांसदहरुलाई बस्नेत र खनाल समुहले अपहरण गरेको बताइन्छ । महेश बस्नेतले पनि पटक–पटकका अन्तरवार्तामा समाजवादी पार्टीबाट विद्रोह गरि नेकपा प्रवेश गर्न खोजेको कारण आफुँहरुले काठमाडौं ल्याउन सहयोग गरेको बताउँदै आएका छन् ।
नेकपा सांसद महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनाल चर्चित सांसद अपहरण काण्डमा समेत मुछिएका थिए । उक्त काण्डमा अदालतबाट सफाई पाए पनि तत्कालिन समय पार्टी फुटाउन समाजवादीका सांसदहरुलाई बस्नेत र खनाल समुहले अपहरण गरेको बताइन्छ ।
गत वैशाख १० मा समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै उनलाई काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर, ल्याइएको भोलीपल्टै उनी भागेर समाजवादी पार्टीको सम्र्पकमा पुगेको थिए । होटलमा उनीसँगै समाजवादीका अन्य सांसद र नेताहरुलाई पनि राखिएको थियो ।
उक्त घटनामा प्रधानमन्त्री केपि शर्मा ओलीको समेत नाम जोडिएर आएको थियो । घटनापश्चात नै तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको थियो ।
वामदेवले प्रमाण दिने बताएका थिए
मंगलबारको स्थायी समिति बैठकमा आकस्मिक रुपमा प्रवेश भएको नेकपा एमाले दल दर्ताको विषयले निकै खैलाबैला मच्चाएको थियो । दल दर्ताको विषयमा नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए ।
बैठकको बीचमा बोलेका उपाध्यक्ष बामदेव गौतमले दल दर्ता पार्टी अध्यक्ष ओलीको निर्देशनमा भएको र आफुँले प्रमाणसमेत दिनसक्ने बताएका थिए । उनले दल दर्ताबारे स्पष्टीकरण दिन ओलीसँग माग गरेका थिए ।
बैठकको बीचमा बोलेका उपाध्यक्ष बामदेव गौतमले दल दर्ता पार्टी अध्यक्ष ओलीको निर्देशनमा भएको र आफुँले प्रमाणसमेत दिनसक्ने बताएका थिए । उनले दल दर्ताबारे स्पष्टीकरण दिन ओलीसँग माग गरेका थिए ।
सन्ध्या तिवारीको नाममा निवेदन
मोरङको विराटनगर महानगरपालिका–६ की सन्ध्या तिवारीको अध्यक्षतामा गत आइतबार निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामको पार्टी दर्ताको निवेदन परेको थियो । आयोगमा झण्डासहित दलको विधान, नियमावली, घोषणापत्रलगायत विवरणसहित निवेदन दिइएको थियो ।
निर्वाचन आयोगमा दल दर्ताको लागि दिइएको निवेदनमा आफ्नो छापमा डाँडामा उदाउँदो सुर्य राखिएको छ ।
सम्बन्धित समाचार
यी हुन् आयोगमा निवेदन दिने नेकपा एमालेका २१ केन्द्रीय पदाधिकारी (सूचीसहित)
वि.सं.२०७७ असार १७ बुधवार १७:०३ मा प्रकाशित
























