
गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियो ‘तिमीनै त हौ’ सार्वजनिक भएको छ ।
डान्सिङ् बिटको यस गीतमा स्वर र संगीत गायक वेदु सारु मगरको रहेको छ। गीतमा ब्याक भोकल बिक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ । यस गीतलाई दिनेश सुवेदीले लेखेका हुन् । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।
म्युजिक भिडियोमा नेपाली ठिटोज टिमको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । पहिलोपटक नेपाली ठिटोज टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो । स्मिता स्नेहा इन्टरटेनमेन्टको अफिसिएल च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।
२०६७ सालको भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । यसअघि गायक मगरले ‘डोली पियारी’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् ।
तिमीनै त हौ’ लाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले आग्रह गरेका छन् ।