back
CTIZAN AD

‘तिमीनै त हौ’को साथमा आए वेदु सारु मगर (भिडियो सहित)

वि.सं.२०७७ असार १७ बुधवार

804 

shares

गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियो ‘तिमीनै त हौ’  सार्वजनिक भएको छ ।

डान्सिङ् बिटको यस गीतमा स्वर र संगीत गायक वेदु सारु मगरको रहेको छ। गीतमा ब्याक भोकल बिक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ । यस गीतलाई दिनेश सुवेदीले लेखेका हुन् । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

म्युजिक भिडियोमा नेपाली ठिटोज टिमको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । पहिलोपटक नेपाली ठिटोज टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो । स्मिता स्नेहा इन्टरटेनमेन्टको अफिसिएल च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

२०६७ सालको भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । यसअघि गायक मगरले ‘डोली पियारी’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् ।

तिमीनै त हौ’ लाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले आग्रह गरेका छन् ।

वि.सं.२०७७ असार १७ बुधवार १६:५१ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...