back
CTIZAN AD

दोस्रो दिन पनि चम्कियो सेयर, बजार खुलेको करिब डेढ घण्टामा बजार बन्द

वि.सं.२०७७ असार १७ बुधवार

936 

shares

१७ असार, काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको छ । बजार खुलेको झण्डै ३६ मिनेटमा ५ प्रतिशतको उछाल आए पछि बजार ४० मिनेटका लागि बन्द भएको थियो । ४० मिनेट बन्द भएर करिब सभा १२ बजे खुलेको सेयर त्यसको झण्डै १० मिनेट मै ६ प्रतिशतले बुलिङ भए पछि बजार बुधबारका लागि बन्द भएको छ ।

आज जम्मा ४६ मिनेट जति मात्र कारोबार भएको थियो । सो समयाबधिमा नेप्सेमा ७५.७७ अंकको बृद्धिहुँदै परिसूचक १३३६.५२ मा पुगेको छ । बुधबार ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैंयाँ बराबरको ११ लाख १ हजार २ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । जम्मा सूचिकृतमध्ये १३५ कम्पनीको कारोबार भएकोमा होटल समूह बाहेक सबै ११ वटा समूहको बजार हरियाली देखिएको थियो ।

आज कारोबारमा ३ हजार ८ सय ९० पटक लेनदेन भएको छ भने ठूला कम्पनीहरुको परिसूचक सेन्सेटिभमा पनि उल्लेख्य बृद्धि भएको छ । सेन्सेटिभमा ५.५५ प्रतिशतको बृद्धि देखिएको हो ।

आज बजारमा बैंकिङ् र निर्जीवन बीमा समूहको कारोबारमा सर्किट लागेको थियो । उनीहरुको क्रमशः ७.५५ र ६.०४ प्रतिशतको बृद्धि देखिएको थियो ।

आज सबैभन्दा बढी कमाउनेमा सिटिजन बैंक, साना किसान लघुबित्त र नागरिक लगानीकोषका लगानीकर्ताहरु रहेका छन । उनीहरुले क्रमशः १०, ९.९८ र ९.९७ प्रतिशतले कमाएका छन ।

त्यस्तै आजको कारोबारमा नेशनल माईक्रो फाईनान्स बित्तिय संस्था, ओरियन्टल होटल, नेपाल टेलीकम लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन । उनीहरुले क्रमसः३.९२, ३.२७ र २.३५ प्रतिशतले गुमाएका छन ।

५ प्रतिशतको रफ्तार पछि सेयरबजारमा लाग्यो सर्किट, ४० मिनेट बजार बन्द

 

वि.सं.२०७७ असार १७ बुधवार १५:२१ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...