
१७ असार, काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको छ । बजार खुलेको झण्डै ३६ मिनेटमा ५ प्रतिशतको उछाल आए पछि बजार ४० मिनेटका लागि बन्द भएको थियो । ४० मिनेट बन्द भएर करिब सभा १२ बजे खुलेको सेयर त्यसको झण्डै १० मिनेट मै ६ प्रतिशतले बुलिङ भए पछि बजार बुधबारका लागि बन्द भएको छ ।
आज जम्मा ४६ मिनेट जति मात्र कारोबार भएको थियो । सो समयाबधिमा नेप्सेमा ७५.७७ अंकको बृद्धिहुँदै परिसूचक १३३६.५२ मा पुगेको छ । बुधबार ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैंयाँ बराबरको ११ लाख १ हजार २ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । जम्मा सूचिकृतमध्ये १३५ कम्पनीको कारोबार भएकोमा होटल समूह बाहेक सबै ११ वटा समूहको बजार हरियाली देखिएको थियो ।
आज कारोबारमा ३ हजार ८ सय ९० पटक लेनदेन भएको छ भने ठूला कम्पनीहरुको परिसूचक सेन्सेटिभमा पनि उल्लेख्य बृद्धि भएको छ । सेन्सेटिभमा ५.५५ प्रतिशतको बृद्धि देखिएको हो ।
आज बजारमा बैंकिङ् र निर्जीवन बीमा समूहको कारोबारमा सर्किट लागेको थियो । उनीहरुको क्रमशः ७.५५ र ६.०४ प्रतिशतको बृद्धि देखिएको थियो ।
आज सबैभन्दा बढी कमाउनेमा सिटिजन बैंक, साना किसान लघुबित्त र नागरिक लगानीकोषका लगानीकर्ताहरु रहेका छन । उनीहरुले क्रमशः १०, ९.९८ र ९.९७ प्रतिशतले कमाएका छन ।
त्यस्तै आजको कारोबारमा नेशनल माईक्रो फाईनान्स बित्तिय संस्था, ओरियन्टल होटल, नेपाल टेलीकम लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन । उनीहरुले क्रमसः३.९२, ३.२७ र २.३५ प्रतिशतले गुमाएका छन ।
५ प्रतिशतको रफ्तार पछि सेयरबजारमा लाग्यो सर्किट, ४० मिनेट बजार बन्द