back
CTIZAN AD

५ प्रतिशतको रफ्तार पछि सेयरबजारमा लाग्यो सर्किट, ४० मिनेट बजार बन्द

वि.सं.२०७७ असार १७ बुधवार

891 

shares

१७ असार, काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि सर्किट लागेको छ । लामो समय पछि सोमबारबाट खुलेको बजारमा पहिलो दिन नकारात्मक सर्किट लागेर बजार २० मिनेट बन्द भएको थियो । यद्यपी त्यस दिन बजार पुरै समय खुलेको थियो ।

तर मंगलबार भने बजारमा पासा पल्टियो । बजार खुलेको करिब डेढ घन्टामा ५ प्रतिशतले बजार बुलिङ् भएर ४० मिनेका लागि कारोबार स्थगित भयो । पुनः बजार खुलेको केहि समयमा नै नेप्सेमा ६ प्रतिशत भन्दा बढीको बृद्धि देखिए पछि मंगलबार बजार बन्दै भयो ।

बुधबार पुनः अघिल्लो दिनकोजस्तै अबस्था देखिएको छ । बजार खुलेको करिब ३६ मिनेटमा नेप्सेमा ५ प्रतिशतको बृद्धि देखिएपछि बजार ४० मिनेटको लागि स्थगित भएको छ ।

वि.सं.२०७७ असार १७ बुधवार १२:१३ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...