back
CTIZAN AD

यी हुन् आयोगमा निवेदन दिने नेकपा एमालेका २१ केन्द्रीय पदाधिकारी (सूचीसहित)

वि.सं.२०७७ असार १७ बुधवार

972 

shares

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको लागि निवेदन परेसँगै सत्तारुढ नेकपामा निकै ठूलो खल्ली बल्ली मच्चिएको छ । केहि दिनदेखि जारी स्थायी समिति बैठक पूर्णं प्रभावित बन्न पुगेको छ ।

बैठकमा निर्धारित एजेण्डा अहिले ओझेल परेका छन् । अहिले छलफलको मुख्य एजेण्डाको रुपमा नेकपा एमाले नामको पार्टी दर्ताको विषय छ ।

मंगलबारको स्थायी समिति बैठकमा आकस्मिक भित्रिएको एमाले दल दर्ताको विषयमा धेरै नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपि शर्मा ओलीप्रति प्रश्न उठाएका छन् । मंगलबारको स्थायी समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले ओलीकै योजनामा पार्टी दर्ता भएको भन्दै जवाफको मागसमेत गरे ।

नेकपाभित्र ओलीले पार्टी फुटाउन पूर्व एमाले नामको दल दर्ता गराएको धेरैको बुझाई छ । जसबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरण दिनसमेत माग गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले एमाले नामको दल दर्ताको विषयमा आफुँलाई जानकारी नभएको भनेर पन्छिए पनि नेकपाभित्र भने उक्त विषयले वार कि पारको अवस्था निम्त्याएको छ । पछिल्लो अभिव्यक्ति र कार्यशैलीका कारण संकटमा परेका ओली पार्टी दर्ताको विषय सार्वजनिक भएसँगै चौतर्फी प्रश्नको घेरामा परेका छन् ।

यसैबी निर्वाचनमा आयोगले पनि दल दर्ताको विषयमा वास्तविकता सार्वजनिक गरेको छ । आयोगले दल दर्ताको लागि निवेदन परेको र दल दर्ताको प्रक्रियाअनुसार निवेदकलाई समय सिमा दिइएको जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले नामको पार्टी दर्ताको लागि निवेदन आएको र दल दर्ता प्रक्रियाअनुसार निवेदकलाई कागजात जुटाउन ४५ दिनको म्याद दिइएको जानकारी दिए ।

सन्ध्या तिवारीको अध्यतामा निवेदन, उदाउँदो सुर्य चिन्ह

मोरङको विराटनगर महानगरपालिका–६ की सन्ध्या तिवारीको अध्यक्षतामा गत आइतबार निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामको पार्टी दर्ताको निवेदन परेको थियो ।

आयोगमा झण्डासहित दलको विधान, नियमावली, घोषणापत्रलगायत विवरणसहित निवेदन दिइएको थियो । निर्वाचन आयोगमा दल दर्ताको लागि दिइएको निवेदनमा आफ्नो छापमा डाँडामा उदाउँदो सुर्य राखिएको छ ।

यी हुन् २१ पदाधिकारी

सन्ध्या तिवारी( अध्यक्ष

भगवती खड्का( उपाध्यक्ष

मनिष उपाध्याय( महासचिव

अस्मिता सुनार

दावा लामा

जयाराम रावत

खगेन्द्रप्रसाद भुसाल

हिराबहादुर बोहरा

राधा पुरी

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

विमला बिष्ट

वि.सं.२०७७ असार १७ बुधवार १५:०७ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...