back
CTIZAN AD

लकडाउनकाबीच बिहे, २ दिनमै बेहुलाको मृत्यु, बिहेमा सहभागी १११ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असार १७ बुधवार

1.2K 

shares

१६ असार, काठमाण्डौं । झण्डै ७ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वकै सामाजिक तथा आर्थिक जीवन तहस नहस बनाएको छ ।
केही देशमा मानिसहरु कोरोना कहरबाट विस्तार तंग्रिदै गएको अवस्था छ भने केही देशले अझैपनि संघर्ष गरिरहेका छन् । यसबीचमा मानिसहरु सावधानी अपनाउँदै सामाजिक कार्यहरु पनि सम्पन्न गर्दै आएका छन् ।

संसारका सबै देशका सरकारले कोरोना संक्रमणको महामारी रोक्नका लागि लकडाउनका बीच विभिन्न नियम र अनुशासनमा रहेर जनतालाई दैनिक जीवन चलाउन सहज वातावरण निर्माण गर्दै गएको समेत देखिएको छ ।

यसैबीच भारतमा कोरोना महामारी तिब्ररुपमा फैलिएको अवस्थामा पनि त्यहाँको सरकारले लकडाउन खुकुलो बनाएर दैनिक जीवन सहज बनाउने नीति अंगिकार गरेसँगै भारतीय नागरिकहरु सावधानी अपनाउँदै नियमित काममा पनि लागिपरेका छन् ।

त्यहाँ सरकारले तोकेको मापदण्ड अनुसार विहेलगायतका विभिन्न धार्मिक कार्यलगायत गरिरहेका छन् ।

भारत सरकारले जुन ८ देखि ५० जना पाहुँना बोलाएर विहेलगायतका संस्कार गर्नका लागि अनुमति दिएको छ । त्यसैले पनि विवाहका कार्यक्रमहरु धमाधम भइरहेको देखिन्छ । लकडाउन भन्दा पहिलेको जस्तै मानिसहरु सामान्य जीवनमा फर्किरहेका छन् ।

उनीहरु ५० जनाको अनुमति दिएपनि प्रशासनलाई छलेर विवाहमा धेरै पाहुना बोलाउने गरेका छन् । त्यसरी नै स्थानीय प्रशासनलाइ छलेर सयभन्दा बढी पाहुना बोलाएर गरिएको एउटा विवाहले सबैतिर चर्चा पाएको छ यतिबेला ।

संक्रमित मध्ये केहीले आफूहरुको उक्त विवाह समारोहसँग कुनै सम्बन्ध नरहेको तर विहेमा सहभागीहरु उनीहरुको सम्पर्कमा रहेको बताएका छन् । उनीहरुका अनुसार संक्रमणको लहरो यति लामो भयो कि, जसमा फोटोग्राफर, स्थानीय किराना पसले, तरकारी बिक्रेतालगयत समेत संक्रमित भएको पाईएको छ ।

भारतको पटनास्थित पालीगन्जमा भएको उक्त विवाह समारोहमा सहभागी भएका तथा उनीहरुको सम्पर्कमा आएकाहरु मध्ये १११ जनामा कोरोना संक्रमण भएको पाइएको छ । अझै दुःख लाग्दो कुरा त बिहे भएको दुईदिनमै वेहुलाको मृत्यु समेत भएको छ ।

पटनाका स्थानीय संचारमाध्यमले मंगलबार जनाए अनुसार उक्त विवाह अहिले भारतभरि नै चर्चामा आएको छ । संक्रमित भेटिएका १११ जनामध्ये कोही सोहि ठाउँमा बस्ने रहेका छन् भने कोही विहे समारोहमा सहभागी भएकाहरु छन् । हाल संक्रमित सबैलाई पालीगन्जको विहटास्थित ईएसआइसी अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको छ ।

संक्रमित मध्ये केहीले आफूहरुको उक्त विवाह समारोहसँग कुनै सम्बन्ध नरहेको तर विहेमा सहभागीहरु उनीहरुको सम्पर्कमा रहेको बताएका छन् । उनीहरुका अनुसार संक्रमणको लहरो यति लामो भयो कि, जसमा फोटोग्राफर, स्थानीय किराना पसले, तरकारी बिक्रेतालगयत समेत संक्रमित भएको पाईएको छ ।

१५ जुनमा भएको उक्त विवाह समारोहको २ दिनपछि बेहुलाको मृत्यु भएको थियो । अन्य कुनै समस्या नभएको बेहुलाले सुरुमा पेट दुख्यो भनेपछि परिवारले उनलाई पटनाको एम्स अस्पतालमा पुर्याएको थियो । तर, अस्पतालको गेटमा पुगेर ड्राइभरले गाडी रोक्नासाथ छोराको मृत्यु भएको उनका वुवाले वीवीसीलाई बताएका छन् ।
‘हामीले बेहोस छोरालाई अस्पताभित्र लग्यौ, तत्कालै डाक्टरहरुले छोरालाई मृत घोषणा गरिदिए ।’

कोरोना संक्रमणको सिकार भएका बेहुलाका पिता यतिबेला अस्पतालको आइसोलेशनमा भर्ना भएर उपचार गराइरहेका छन् ।

जब बेहुलाको मृत्यु भयो, त्यसपछि स्थानीयहरु डराउन थाले । उनीहरु आफैले मेडिकल टिम बोलाएर आफूमा कोरोना संक्रमण भए\नभएको परीक्षण गराउन थाले । तब २२ जुनमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । पछि अन्य मानिसहरुमा पनि परीक्षण गर्ने क्रममा हालसम्म १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझैपनि उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गरेर नसकिएको बताइएको छ ।

हाल स्थानीय प्रशासनले उक्त क्षेत्रलाई कोरोनाबाट अति प्रभावित क्षेत्र घोषणा गरिएको बताइएको छ ।

वि.सं.२०७७ असार १७ बुधवार १४:१२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...