
प्रकाश दाहालको जन्म दिनका अवसरमा उनकी धर्मपत्नी सृजना त्रिपाठीले मनछुने स्टाटस लेखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छोरा प्रसिद्ध दाहालको फेसबुकमा ट्याग गर्दै भक्कानो फुट्ने गरी लेखेकी छन् ।
उनले भनेकी छन् ‘तिमीलई सम्झिन कुनै विशेष दिन चाहिँदैन प्रकाश, छोरोको अनुहारमा हरेकपल झल्किन्छौ तिमी, उसको प्रत्येक स्वभावमा तिम्रै प्रतिबिम्ब छन् !! Always Miss You
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एकमात्र छाृरा स्व. प्रकाश दाहालको जन्मदिनका अवसरमा प्रकाशकी पत्नि सृजना त्रिपाठीले आफ्ना श्रीमानलाई सम्झन कुनै विशेष दिन नचाहिने भन्दै दिनदिनै छोराको अनुहारमा भल्किरहेको अनुभूति सहित छोराको प्रत्येक स्वभावमा प्रकाशको बिम्ब रहेको बताएकी छन् ।
स्व. नारायण गोपालले भनेजस्तै यो सम्झने मन छ म बिर्सु कसरी, तिमी नै भनिदेउ हे जाने निष्ठुरी….हो सृजनाको सम्झने मन निष्ठापूर्वक देखिएको छ । उनले परिवारप्रतिको सम्मान र वर्गनिष्ठालाई राम्रैसँग आत्मसाथ गरिरहेकी छन् ।