back
CTIZAN AD

ओली चाैतर्फी दबाबमा, पार्टी निर्णय मान्न आफ्नैले दिए सुझाव

वि.सं.२०७७ असार १७ बुधवार

651 

shares

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी दबाबमा पर्न थालेका छन् । आफ्नै कार्यशैली र अभिव्यक्तिका कारण पार्टीभित्र विवाद बढ्दै जाँदा उनी आफ्नैबाट पनि दबाबमा पर्न थालेका हुन् ।

बुधबार बिहान आफुँ निकटका मन्त्री र स्थायी समिति सदस्यहरुलाई जम्मा पारेका उनले पार्टी निर्णय मान्नुपर्ने र कार्यशैली सुधार्नुपर्ने सुझाब पाएका थिए । पार्टी फुट र विभाजन तर्फ नै जाने संकेत देखिएका बेला छलफलमा सहभागी मन्त्री तथा स्थायी समिति सदस्यहरुले पार्टी एकताबाट पर नजान सुझाव दिएका थिए ।

ओलीले बुधबार बिहानै आफुँ निकटका मन्त्रीसहित वरिष्ठ नेता माधव कुमार नेपाल खेमाका मन्त्रीद्वय घनश्याम भुसाल र योगेश भट्टराई, पूर्वमाओवादी खेमाका रामबहादुर थापा र लेखराज भट्टलाई समेत बोलाएका थिए ।

पार्टीभित्र राजीनामा दिन दबाब

पार्टीको जारी स्थायी कमिटीको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका अन्य शीर्ष नेताहरुले ओलीको राजीनामा माग गरेका थिए । बैठकमा ओलीको पछिल्लो कार्यशैली र अभिव्यक्तिबारे चर्को आलोचना भएको थियो ।

निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता भएको विषय सार्वजनिक भएसँगै ओली नेताहरुको निशानामा परेका छन् । मंगलबारको बैठकमा बोल्ने नेताहरुले ओलीसँग पार्टी दर्ताबारे स्पष्टीकरण मागेका थिए ।

मंगलबारको बैठकमा बोलेका १७ नेताहरुले ओलीको कार्यशैली र अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सुझाएका थिए ।

वि.सं.२०७७ असार १७ बुधवार १४:०२ मा प्रकाशित