back
CTIZAN AD

कांग्रेस सांसदको निधनको कारण नेकपा स्थायी कमिटी बैठक स्थगित

वि.सं.२०७७ असार १७ बुधवार

729 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केही बेर बसेर स्थगित भएको छ । संघीय संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएको हुँदा बैठक स्थगित भएको हो । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमार छन्त्यालको बुधबार बिहान सहिद गंगालाल अस्पतालमा निधन भएको थियो ।

छोटो समय बसेको बैठकमा ५ जना स्थायी समिति सदस्यले बोलेका थिए । बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचनमा आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको विषयमा छलफल चलेको थियो ।

निर्धारित एजेण्डामा छलफल चलिरहेको बेला प्रधानमन्त्रीको विवादास्पष्द भारत विरोधी अभिव्यक्तिका कारण मंगलबारको बैठक प्रभावित भएकाे थियो । यसबीच निर्वाचन आयोगमा पूर्व नेकपा एमाले नामको पार्टी दर्ताभएको जानकारी सार्वजनिक भएसँगै नेकपाको बैठकमा विवाद चुलिएको थियो ।

मंगलबारको बैठकमा बोल्ने १८ जना नेताहरुको प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारबाट राजीनामा दिन माग गरेका थिए । नेताहरुले ओलीको अभिव्यक्ति र कार्यशैलीले पार्टीको शाख गिरेको भन्दै राजीनामा दिनुको विकल्प नरहेको बताएका थिए ।

यसबीच सत्तारुढ नेकपाभित्र समुह समुहमा छलफल भएको थियो । बुधबार बिहानै प्रधानमन्त्री ओलीले आगामी रणनीतिबारे आफुँ निकटका मन्त्रि र स्थायी समिति सदस्यसँग छलफल गरेका थिए ।

जनाइएअनुसार आजको बैठकमा ओली पक्षीय स्थायी समिति सदस्यहरुले आफ्नो भनाई राख्नेछन् ।

वि.सं.२०७७ असार १७ बुधवार १३:०३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...