back
CTIZAN AD

आन्तरिक विवादका बीच नेकपा स्थायी समिति बैठक बस्दै, प्रधानमन्त्रीको राजीनामा बारेमा छलफल हुनसक्ने

वि.सं.२०७७ असार १७ बुधवार

717 

shares

काठमाडौं । पार्टी आन्तरिक विवादका बीच पनि सत्तारुढ नेकपाको स्थायी समितिको पाँचौ दिनको बैठक सुरु भएको छ । स्थायी कमिटीको पाँचौ दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमासुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार बैठकमा दुवै अध्यक्षसहित सबै नेताहरुको उपस्थिति छ । बैठकअघि पार्टीअध्यक्षदृय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकबारे परामर्श भएको उनले जनाए ।

प्रधानमन्त्रीको राजीनामा बारेमा छलफल हुनसक्ने

निर्धारित एजेण्डामा छलफल चलिरहेको बेला प्रधानमन्त्रीको विवादास्पष्द भारत विरोधी अभिव्यक्तिका कारण मंगलबारको बैठक प्रभावित थियो । यसबीच निर्वाचन आयोगमा पूर्व नेकपा एमाले नामको पार्टी दर्ताभएको जानकारी सार्वजनिक भएसँगै नेकपाको बैठकमा विवाद चुलिएको थियो ।

मंगलबारको बैठकमा बोल्ने १८ जना नेताहरुको प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारबाट राजीनामा दिन माग गरेका थिए । नेताहरुले ओलीको अभिव्यक्ति र कार्यशैलीले पार्टीको शाख गिरेको भन्दै राजीनामा दिनुको विकल्प नरहेको बताएका थिए ।

यसबीच सत्तारुढ नेकपाभित्र समुह समुहमा छलफल भएको थियो । बुधबार बिहानै प्रधानमन्त्री ओलीले आगामी रणनीतिबारे आफुँ निकटका मन्त्रि र स्थायी समिति सदस्यसँग छलफल गरेका थिए ।

जनाइएअनुसार आजको बैठकमा ओली पक्षीय स्थायी समिति सदस्यहरुले आफ्नो भनाई राख्नेछन् ।

वि.सं.२०७७ असार १७ बुधवार १३:०१ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...