
१७ असार, काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरेको छ । आज ( बुधबार) को बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ७०० पुगेको छ । यो अहिलेसम्मकै बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ तोलाको ९१ हजार ७००,तेजावी सुन प्रतितोला ९१, हजार २६५ रहेको छ भने चाँदी प्रतितोला ९६० मा कारोबार भइरहेको छ ।
बजारमा सुनको भाउ प्रतिदिन बढ्दै गएको र कोरोना संक्रमणका कारण देशमा जारी लकडाउनका कारण आर्थिक क्षेत्र प्रभावित भइरहेको अवस्थामा सुन खरिद गर्ने ग्राहक पनि घटेको महासंघले जनाएको छ ।