back
CTIZAN AD

प्रधानमन्त्रीले गम्भिर कदम चाल्ने संकेत

वि.सं.२०७७ असार २० शनिवार

927 

shares

२० असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याका कारण गम्भिर कदम चाल्ने संकेत देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेलगत्तै मन्त्री परिषद्को बैठकमा देशको परिस्थिति बारेमा ब्रिफिङ गर्दै उनले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भएका कारण परिस्थितिलाई नियन्त्रणमा ल्याउन आवश्यक कदम चाल्ने बताएका छन् ।

मन्त्रीपरिषद्को बैठकपछि बैठकका निर्णयबारे जानकारी दिने परम्पराविपरित बैठकलगत्तै मन्त्रीहरुले कुनै पनि प्रतिक्रिया दिन इन्कार गरेका थिए । एक स्रोतले बताए अनुसार नेकपा भित्रको पछिल्लो विवाद सल्ट्याउन आफू लागि परेपनि अन्य नेताहरु अराजक भएको भन्दै मन्त्रीहरुलाई आफ्नो पक्षधरता बारे शिघ्र निर्णयमा तयार हुन भनेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँग भेटेलगत्तै उनले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो राजीनामाका लागि दबाब बढाइरहेको र नेताहरुलाई उक्साइरहेको भन्ने अभिव्यक्ति दिएसँगै उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न दबाब बढाइएको छ ।

स्थायी कमिटी बैठकमा राजीनामा माग्ने सम्भावना बढेपछि उनले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । जसअनुसार तुरुन्त नै राष्ट्रपतिले संसद अधिवेशन बिहीबार अन्त्य गरेकी थिइन् ।

वि.सं.२०७७ असार २० शनिवार २१:३४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...