back
CTIZAN AD

डा. रवीन्द्र पाण्डे भन्छन्–काठमाडौंको ढलमा कोरोना भाइरस देखिदैमा डराउनु पर्दैन

वि.सं.२०७७ असार २० शनिवार

759 

shares

२० असार, काठमाडौँ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले  काठमाण्डौंका ढलमा कोरोना भाइरस संक्रमण देखिँदैमा डराउनु नपर्ने बताएका छन् ।

शनिबार सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले काठमाण्डौंका केही ढलमा गरेको अध्ययनमा २ ठाउँमा कोरोना भाइरस देखिएको भन्ने समाचार आएपछि जनमानसमा एकखालको त्रास बढेको अवस्थामा डा. पाण्डेले यस्तो बताएका हुन् ।

‘हामीकहाँ गरिएको सानो स्याम्पल साइजको आधारमा कोरोना संक्रमणको अनुमान गर्न गाह्रो हुन्छ । यदि बिभिन्न ल्याबले सहरका करिब २०० ठाउँमा ढलको पानी वा फोहोर परीक्षण गर्ने हो भने संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर अनुमान गर्न सकिन्छ ।’ डा. पाण्डेले भनेका छन् ।

 

डा. पाण्डेले भनेका छन्
सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स –२’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएको देखिएको छ ।

स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो । त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो
। यो प्रकारको परीक्षण देश, काल र परिस्थिति अनुसार फरक फरक परिणाम दिने खालको हुन्छ । त्यस्तै स्याम्पललाई फ्रिजमा राख्दा एउटा रिपोर्ट र बाहिर राख्दा अर्को रिपोर्ट आएको धेरै अध्ययनले बताएका छन् । त्यस्तै २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो । यो सस्तो एबम सजिलो अध्ययन हो । नेपालजस्तो गरिब देशको लागि यो बिधि उपयुक्त मोडेल हो ।

हामीकहाँ गरिएको सानो स्याम्पल साइजको आधारमा कोरोना संक्रमणको अनुमान गर्न गाह्रो हुन्छ । यदि बिभिन्न ल्याबले सहरका करिब २०० ठाउँमा ढलको पानी वा फोहोर परीक्षण गर्ने हो भने संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर अनुमान गर्न सकिन्छ ।

संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्था अर्थात संक्रमण भएको ३-६ दिनसम्म धेरै मात्रामा भाइरस बोकेको हुन्छ । त्यो समुहमा केहि प्रतिशत व्यक्तिले दिशाबाट कोरोना भाइरस र भाइरसका टुक्रा र भाइरसको फोहोर बिसर्जन गर्दछन । खासगरि वान्ता, पखाला लगायत पेटको लक्षण देखिएका बिरामीबाट यो उत्सर्जन हुन्छ । सहरका अधिकांश भागमा ढलको फोहोर वा ढल मिसिएको पानीमा RT – PCR टेस्ट गर्दा RNA Virus देखियो भने उक्त सहरमा आगामी ७–१० दिनमा प्रकोप फैलिन्छ भन्ने प्रक्षेपण गर्न सकिन्छ ।

यस्तो अवस्थामा आम नागरिकले पूर्ण सतर्कता अपनाउने तथा सरकारले उपचार ब्यबस्थापन गर्ने हो भने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।
अन्त्यमा यो २ ठाउँको सिमित परीक्षणको आधारमा डर मान्नुपर्ने अवस्था छैन । सरकारी तथा नीजी ल्याब एबम अनुसन्धान केन्द्रहरुले जतिसक्यो धेरै ठाउँमा परीक्षण गरेमा सम्भावित महामारीको पूर्व अनुमान गर्न सकिन्छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले सुरुवात गरेकोमा हार्दिक धन्यबाद’

‘खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने यी २० उपाय’

वि.सं.२०७७ असार २० शनिवार २१:४८ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...