back
CTIZAN AD

कोरोनाका कहरबीच ब्राजिलले गर्यो मास्क अनिवार्य नगरिने घोषणा

वि.सं.२०७७ असार २१ आइतवार

855 

shares

२१ असार, ब्रासिलिया । ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ ।

राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् ।

यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ ।

चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, “व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ ।”

उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था संविधान विपरित भएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यस अघि हरेक सार्वजनिक क्षेत्रमा सम्वन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनु पर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्वन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनु पर्ने व्यवस्था स्वतः हटेको छ ।

ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १५ लाखभन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् ।

त्यसैगरी ब्राजिलमा एकै दिनमा झण्डै एक हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार ९२३ रहेको र मृत्यु भएकाहरुको सङ्ख्या एक हजार ९१ रहेको जनाइएको छ । एएनआई

वि.सं.२०७७ असार २१ आइतवार १५:३७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...