back
CTIZAN AD

नौ स्वास्थ्यकर्मी कोरोनालाई जितेर फर्किए

वि.सं.२०७७ असार २१ आइतवार

954 

shares

२१ असार, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् ।

कोरोना विशेष अस्पतालको आइसोलेशनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनःपिसिआर परीक्षणका क्रममा नतिजा ‘नेगेटिभ’ आएको हो ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले नतिजा ‘नेगेटिभ’ आएपछि उनहरुलाई आज डिस्चार्ज गरिएको बताए । उनका अनुसार सङ्क्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीमा कुनै लक्षण देखिएको थिएन । कोरोनामुक्त चिकित्सकले एक सातापछि काममा खटिने बताएका छन् ।

कर्णालीमा यसअघि एक हजार २०१ जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् । कोरोना निको भएसँगै अब आइसोलेशनमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने २७३ रहेको छ । सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ ।

फाइल तस्विर

वि.सं.२०७७ असार २१ आइतवार १८:१७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...