back
CTIZAN AD

कोरोना बीमाको लहर, साढे तीन महिनामा करिब ५ लाख ४० हजारले गरे कोरोना बीमा

वि.सं.२०७७ असार २१ आइतवार

1.1K 

shares

२१ असार काठमाडौं । नेपालमा हालसम्म झण्डै ५ लाख ४० हजारले कोरोना बीमा गरेकाछन । नेपाल बीमक संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार १९ गते शुक्रबारसम्म कारोना बीमा गर्नेहरुबाट ३० करोड २९ लाख ४८ हजार ८ सय ४९ रुपैंयाँ संकलन भएको छ । सो रकम बीमा कम्पनीहरुले ५ लाख ४० हजार ८ सय ६७ जनालाई ५२ हजार १ सय ५२ कित्ता पोलेसी बेचेर संकलन गरेका हुन् । यो करिब साढे तीन महिनाको तथ्यांक हो ।

त्यसमध्ये सबै भन्दा धेरै शिखर ईन्स्योरेन्समार्फत ५ करोड ५४ लाख ३७ हजार ३ सय रुपैंयाँ बराबरको ११ हजार ३० कित्ता पोलेसि खरिद गरेर १ लाख १ हजार ५ सय २६ जना बीमित भएका छन् । त्यस्तै सबै भन्दाकम नेसनल ईन्स्योरेन्स कम्पनी मार्फत बीमित भएक छन । सो कम्पनी मार्फत ४२ लाख ६२ हजार ८ सय रुपैयाँ बराबरको ७५७ कित्ता पोलेसि खरिद गरेर ७ हजार ६ सय ३६ जना बीमित भएका छन ।

संघका अनुसार यो अबधिमा १० जनाको मात्र दावी भुक्तानी परेको छ ।

सरकारले गत वैशाख ७ गतेबाट औपचरिक रुपमा कोरोना संक्रमितको पनि बीमा सूरु गरेको थियो भने आगामी आर्थिक वर्षको बजेटमै कारोनाको बीमा गर्ने व्यवस्था गरेको छ । सरकारले बजेटमा कोरोना बीमाको व्यवस्था गरे पछि बीमा कम्पनीहरुले बजेटले अन्यौलता सृजना गरेको भन्दै बीमा नगर्ने सो सेवा नै बन्द गर्ने तयारी गरे थिए । त्यस पछि सरकार र सरोकार वालाहरुकोे छलफमा दायीत्वलाई सबैले मिलेर बहन गर्ने सहमती पछि पुनः सुचारु भएको थियो ।

नेपालमा वैशाखबाटसुरु भएको कोरोना बीमा सुरुहुँदा नेपालमा कोरोनाका संक्रमीतहरुको संख्या एकदमै न्यून थियो । त्यसको सढे ३ महिना पछि कोरोनाका संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी भएको छ भने बीमितको संख्या पनि बढेको छ । नेपालमा वैशाखबाटसुरु भएको कोरोना बीमा सुरुहुँदा नेपालमा कोरोनाका संक्रमीतहरुको संख्या एकदमै न्यून थियो । त्यसको सढे ३ महिना पछि कोरोनाका संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी भएको छ भने बीमितको संख्या पनि बढेको छ । नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु सन्चालमा छन । तिनीहरु मार्फत नै अहिले कोरोना बीमा भैरहेको छ ।

वि.सं.२०७७ असार २१ आइतवार १८:०७ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...