२३ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ लाख नाघेको छ। वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ लाख २० हजार ३ सय ४६ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार १ सय ४७ रहेको छ ।
पछिल्लो २४ घण्टामा २२ हजार ५ सय १० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ७४ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड १७ लाख ४० हजार १ सय पुगेको छ भने ५ लाख ४० हजार ६ सय ७७ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार २३ मंगलवार ०९:२१ मा प्रकाशित



























