२३ असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । सोमबार अमेरीकामा ५० हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय भन्दा बढिको मृत्यु भएको छ ।
सोमबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ३० लाख ४० हजार ८ सय ३३ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ९ सय ७९ रहेको छ ।
सोमबारमात्र अमेरीकामा ५० हजार ५ सय ८६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय ७८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार २३ मंगलवार ०९:२१ मा प्रकाशित