back
CTIZAN AD

घिमिरे परिवारद्वारा बुधबारे जेसीजलाई १० धुर जग्गा नि:शुल्क प्रदान

वि.सं.२०७७ असार २३ मंगलवार

900 

shares

२३ असार, बुधबारे । बुधबारे जेसीजलाई जग्गा प्राप्त भएको छ । बुद्धशान्ति-१ का ज्ञानेन्द्रप्रसाद घिमिरेको परिवारले प्रस्तावित मदन भण्डारी लोक मार्गले छोएको १० लाख मूल्य बराबरको १० धुर जग्गा बुधबारे जेसीजलाई उपलब्ध गराएका छन् ।

आज घिमिरे परिवारले बुधबारे जेसीजलाई सो सम्बन्धि सम्झौता कागज गरेर जग्गा हस्तान्तरण गरेको हो । बुधबारे जेसीजका बिजनेस कोअर्डिनेटर समेत रहेका जग्गा दाता जेसि अनिल घिमिरेले जग्गा चाँडै बुधबारे जेसीजको नाममा पास गरिदिने बताएका छन् ।

घिमिरे परिवारले आफ्नो आमा तथा हजुरआमा स्वर्गीय छलिमाया घिमिरेको स्मृतिमा सो जग्गा प्रदान गरेका हुन् ह बुद्धशान्ति १ का ज्ञानेन्द्रप्रसाद घिमिरे, उनकी धर्मपत्नी टिकादेवि घिमिरे, उनका छोराबुहारीहरु अनिल घिमिरे रमिना रिमाल घिमिरे, अर्जुन घिमिरे र आर्जु उप्रेती घिमिरेको परिवारले जग्गा दिएका हुन् ।

जग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरे नमूना आधारभूत बिद्यालय बुद्धशान्ति १ का प्रधानअध्यापक हुन् । जग्गादाता अनिल घिमिरे बुधबारे जेसीजका विजनेस कोअडिनेटर तथा एभरेष्ट साबुन उधोगका संचालक छन् भने जग्गादाता अर्जुन घिमिरे इन्जिनियर हुन् ।

उनीहरुले बुधबारे जेसीजका अध्यक्ष जेसि नन्दकुमार याफु राई, पूर्व अध्यक्ष जेसि रमेश बराल, निवर्तमान अध्यक्ष जेसि हेमन्त बराल, सचीव अनिल वाग्लेलाई जग्गा हस्तान्तरण गरेको सम्झौता पत्र प्रदान गरेका छन् ।

वि.सं.२०७७ असार २३ मंगलवार ०८:४१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...