back
CTIZAN AD

पालिका प्रमुखले नै दिए प्रमुखप्रशासकिय अधिकृत र लेखापालबिरुद्ध उजुरी

वि.सं.२०७७ असार २३ मंगलवार

783 

shares

२३ असार, मुगु । जिल्लाको चार वटा स्थानीयतहमध्ये सोरु गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबाट अत्यधिक बेतिथि मौलाउदै गएको छ ।
स्थानीयतह संचालन भएको करिव तीनबर्ष पुगिसक्दा पनि सोरु गाउँपालिकामा कुनै नीति नियम बन्न सकेका छैन । मनपरी हिसाव बजेट खर्च गर्ने गरिएको छ ।
कोरोनाको राहत रकम दुरुपयोगको आरोप

सोरु गाउँपालिकामा कोरोना राहतकोषमा अनियमिता भएको भन्दै पालिका प्रमुख लोकबहादुर शाहीले निमित्त प्रमुख प्रशासकिय अधिकृत र लेखापालबिरुद्ध गत आइतबार प्रशासनमा उजुरी दिएका छन् ।

कोषमा बचेको १९ लाख रकम निमित्त प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै पालिका प्रमुख शाहीले कडा कारबाहीको लागि प्रशासन कार्यालयमा आइतबार उजुरी दिएका छन् ।

कोरोना महामारी नियन्त्रणको लागि गाउँपालिकामा गठन भएको स्थानीयतह बिपत्त व्यबस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायाँनाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख लगायतका विभिन्न निकायबाट १ करोड भन्दा बढी रकम जम्मा भएको र अरु रकम बिभिन्न शिर्षकमा खर्च भएपनि कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकिय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको प्रमुख शाहीको आरोप छ ।

‘मलाई कुनै जानकारी नै नदिई लेखापाल र प्रमुख प्रशासकिय अधिकृतको मिलेमतोमा कोषको १९ लाख रकम गायब गरिएको छ,’ शाहीले भने, ‘दुबै जनासंग सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनुपर्ने अबस्था आएको हो ।’

कामै नगरी भुक्तानी लिन खोज्दा..
प्रमुख प्रशासकिय अधिकृत र लेखापालले गिलाहनुवाकोट सडक खण्डको कुनै काम नै नभई उपप्रमुख राज्य लक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन तयार गरेको चेक आफूले जफत गरि प्रशासनमा पेश गरेको पालिका प्रमुख शाहीले संचारकर्मीलाई जानकारी दिए ।

उक्त सडक निर्माणमा १५ लाख बजेट बिनियोजन गरिएको र उपप्रमुखबमले ४ लाख अघ्रिम पेश्कीलिएको सोही रकमअनुसारको काम नै नगरि बाँकी ९ लाख २१ हजार भुक्तानीलिनखोज्दा चेक जफतगर्नु पर्ने अबस्थाआएको प्रमुखले बताउनु भयो । सोही सडक उपप्रमुख रोजगार कार्यक्रमअन्त्र्रगत रहेको बुझिएको छ ।

रक्सीका क्वाटर पनि गाउपालिकाको अडर सिलिप
सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढाले रक्सीका क्वाटरसमेत पालिकाको अडर सिलिप प्रयोग गरेको पाइएको छ । गाउँपालिकाको अति आबश्यक समाग्री तत्काल चाहिएको खण्डमा प्रशासकिय अधिकृतले पालिकाका अडर सिलिप प्रयोग गर्नुपर्ने अबस्थामा नियमबिपरित रक्सीका क्वाटर समेत पालिकाको अडर सिलिप प्रयोग गरेको पालिका प्रमुख शाहीले बताए ।

भ्रमण आदेशमा आफूले कुनै प्रमाणीत नगरि एकपटक ६० हजार र अर्कोपटक ७० हजार रकम लिइएको पाइएको र उक्त रकम नियम बिपरित भएको पालिका प्रमुखको भनाई छ ।

सोरु गाउँपालिकाका आधादर्जन उजुरी प्रशासन कार्यालयमा दर्ता भएपनि अहिले सम्म कुनै कारबाही प्रकृया अघि नबढ्दा गल्ती गर्ने निकायको मनोबल बढेको बुझिएको छ ।

प्रशासकिय अधिकृतको भनाई
कोरोना राहतको १९ लाख रकममा कुनै अनियमितता नभएको र बजेट नपुग्दा वडा कार्यालय बाट माग गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धान्ने बुढाले बताए । गाउँपालिका प्रमुख शाहीको आरोप गतल भएको उनको भनाई छ ।

गिलाहनुवाकोट सडकखण्ड निमार्ण कार्य उपप्रमुख रोजगार कार्यक्रम अन्र्तगत पर्ने प्रशासकिय अधिकृत बुढाले भने । अघिल्लो बर्षकै भुक्तानी दिन बाँकी रहेको हुदाँ ९ लाख २१ हजारको चेक तयार गरिएको र उक्त चेक प्रमुख शाहीले थुतेर लिएको प्रमुख प्रशासकिय अधिकृतको भनाई छ ।
प्रमुखप्रशासकिय अधिकृत र लेखापालबिरुद्ध पालिका प्रमुखले दिएको उजुरीमाथि छानबिन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

गाउँसभा अन्योल
सोरु गाउँपालिकामा आर्थिक बिबाद सुरु भएपछि गाउँसभा अन्योलमा पर्न थालेको छ । यही असार २५ गते गाउँसभा तोकिएको भएपनि बिबादका कारण अनिश्चित हुने अबस्था आएको छ । गाउँसभा असार १० गते भित्र सम्पन्न गरि सक्नुपर्ने नियम भएपनि बिबादका कारण धकेलिदै गएको छ । गत चालु आर्थिक २०७७÷०७८ को बजेट बिनियोजन कार्य अन्योलमा परेको छ ।

जिल्ला समन्वय समितिको धारणा
सोरु गाउँपालिकामा बिशेष गरेर नियम बिपरित काम भएको देखियो । त्यसमा प्रमुख जिम्मेवारी ब्यक्ति पालिका प्रमुखको पनि कमजोरी देखिएको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले बताए । सिस्टममा काम गरेको भए यस्तो लफडा हुदैन थियो उनको भनाई छ ।

अर्को सोरु गाउँपालिकाको आउदो आर्थिक बर्षको ५ करोड बजेट पनि खर्च गरि सकेको देखियो । संयोजक रोकायाले भने ‘त्यो नियमबिपरित हो । गाउँसभाले निर्णय गरेर खर्च गर्नुपर्ने उक्त बजेट कार्यपालिकाको बैठकको निर्णयमा सो बजेट खर्च गरिएको छ ।’

अघिल्लो बर्ष पनि यस्तै बिबाद
सोरु गाउँपालिकामा अघिल्लो बर्ष पनि पालिका प्रमुख शाही र प्रमुख प्रशासकिय अधिकृत पशुराम उपाध्याय बीच झगडा भएको थियो । प्रशासकिय अधिकृतले गाउँपालिकामा आर्थिक अनियमितता गरेको आरोप लगाउदै प्रमुख शाहीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

जीर्ण भवनमा गाउँपालिका
बिबादका कारण सोरु गाउँपालिकाको भवन बन्न सकेको छैन । बिगत तीन बर्षदेखि भिडिजन बन कार्यालयको जीर्ण भवन गाउँपालिका कार्यालय स्थापना गरि कामकाज गर्दै आएका छन । तीनबर्ष सम्म गाउँसभाको बैठकले पालिका केन्द्र समेत तोक्न नसक्दा अन्योलमै समय बितिरहेको छ । डिभिनज बन कार्यालय पालिकाको कार्यालय छोडन भनेर तीन पटक समेत पत्रचार गरि सकेको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार ०९:२४ मा प्रकाशित

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...