
२३ असार, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौँ संस्करणमा सन्दिप लामिछाने खेल्ने पक्का भएका छन । सिपिएलको आठौँ संस्करणमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले जमैका तलैवाजबाट खेलने भएका छन ।
कोेरोना भाइरसका कारण गत साता भएको सिपिएलको भर्चुअल ड्राफ्टमा सन्दिप लामिछानेलाई जमैका तलैवाजले अफ्नो टिममा छिनोट गरेको छ ।
इएसपिएनक्रिकइन्फोका अनुसार सन्दिप लामिछानेलाई जमैका तलैवाजले १ लाख ३० हजार अमेरीकी डलर (करिब १ करोड ५४ लाख ८१ हजार ६ सय २२) मा आफ्नो टिममा अनुबन्ध गरेको छ । ड्राफ्ट हुनुअघि सन्दिपको मुल्य ९० हजार अमेरीकी डलर तोकिएको थियो ।
सन्दिप लामिछानेले २०१९ को सिपिएलमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले २०१९ को सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट ६ खेल खैल्दैँ ८ विकेट लिएका थिए ।
यस वर्षको सिपिएल भने अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने भनिएको छ ।