back
CTIZAN AD

नाडाद्वारा एक्जिम कोड नविकरणको म्याद थप्न सरकारसंग आग्रह

वि.सं.२०७७ असार २३ मंगलवार

1.6K 

shares

२३ असार, काठमाडौं । नाडाले एक्जिमकोड नविकरणको म्याद आगामी असोजसम्म बढाउन सरकारसंग आग्रह गरेको छ ।

नाडा अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजश्व समितिका उपसभापति कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग भेटी सो अनुरोध गरेको हो ।

नाडाका अनुसार हाल नेपालमा ३० हजार भन्दाबढी व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेका छन् । कोरोना भाईरसको माहामारीका कारण हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोर विजोरको आधारमा सवारी साधन सञ्चालनमा रहेको तथा सर्वोच्च अदालतले पनि यो अबस्थालाई जिरो आवरको घोषणा गरेको अवगत गराएको छ ।

अहिलेको स्थितिमा एक्जिम कोडको नविकरण गर्ने कम्पनीहरु १५ सयको हाराहरीमा मात्र रहेको भन्दै नाडाले सवै कम्पनीहरुले निर्धारित समयावधि भित्र नविकरण गर्न नसक्ने अवस्था रहेकोले नविकरणको म्याद थप गर्न अनुरोध गरेको हो ।

एक्जीम कोड नविकरण गर्ने म्याद यहि २०७७ असार मसान्तसम्म मात्र रहेको छ । भेटमा दुलाल लगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उप सभापति भरतराज आचायर्, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेतको उपस्थ्तिि रहेको थियो ।

वि.सं.२०७७ असार २३ मंगलवार १८:०४ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...