
२४ असार, काठमाडौँ । कोरोनाबाट प्रभावित कतारका १५४ जना नेपाली बोकेर हिमालयन एयर कतारबाट उडेको छ । यो दोहाबाट नेपाली बोकेर उडेको बाह्रौ चार्टड उडान रहेको छ ।
नेपाली दूतावास कतारका अनुसार कोभिड १९ बाट र्सिजित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने नेपाली बोकेर आज बिहान हिमालयन एयरलाइन्सको एच ९५६३२ को जहाज दोहाबाट उडेको हो ।
दोहाको हमाद अन्तराष्ट्रिय विमानस्थलबाट उडेको उक्त जहाजमा यात्रा गर्नेमध्ये १५३ पुरुष र १ महिला रहेकी छन् ।
दूतावासका अनुसार आजै नेपाल एयरलाईन्सको आर ए २३९२ नम्बरको जहाजबाट पनि १४८ जना नेपाली स्वदेश फर्किएका छन् । सोहि जहाजमा दुई नेपालीको शब पनि पठाइएको दूतावासले जानकारी दिएको छ ।