२४ असार, काठमाण्डौं । कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएका व्यक्तिलाई परिवारबाटै भेदभाव भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएर समुदाय तथा घर परिवारसँग जाँदा घर परिवारले भेदभाव तथा हेलाहोचो गरेको पाइएको छ । कतिपय ठाउँमा घरमै बस्न नदिएको खबर बाहिर आएको बताउँदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भेदभाव होइन स्वागत गरेर घरमा बस्ने व्यवस्था गर्न अनुरोध समेत गरेका छन् । उनले त्यसो नगरेमा कानुनअनुसार कारबाही गर्ने समेत बताएका छन् ।
‘यसरी भेदभाव गरेमा कानुनी कारबाही हुने समेत जानकारी गराउन चाहान्छु ।’ डा. देवकोटाले भने ।
वि.सं.२०७७ असार २४ बुधवार १७:५३ मा प्रकाशित





























