back
CTIZAN AD

यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटः १६,४२३ संक्रमित, ७,७५२ जना निको, ३५ को मृत्यु

वि.सं.२०७७ असार २४ बुधवार

738 

shares

२४ असार, काठमाण्डौं । नेपालमा बुधबार (२४ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ६५ हजार ५५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,६९३ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । आजको परीक्षण संख्या मंगलबारको तुलनामा झण्डै १५ सयले कमी यो ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,६३६ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २५ हजार ४० रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १६,४२३ पुगेको छ भने आज निको भएर २५३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ७,७५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ३५ रहेको छ ।

आज उपत्यकाका २३ सहित २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो
नेपालमा आज २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी कैलालीमा ३६ जना, रौतहटमा ३२ जना र अछाममा २२ जना रहेका छन् भने आज काठमाण्डौंमा १६ जना र ललितपुरमा ७ गरी उपत्यकामा २३ जना संक्रमित भेटिएका छन् ।

आज उपत्यकाका २३ सहित २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो

त्यस्तै अन्य जिल्लामा सुर्खेतमा १४, कास्कीमा १४, डोटीमा १२, कन्चनपुरमा १२, रुकुमपश्चिममा ७, झापामा ६, चितवनमा ५, दाङमा ५, पाल्पामा ५, दैलेखमा ५, बझाङमा ४, मोरङमा ४, सिराहामा ४, नवलपरासीपूर्व ४, सप्तरीमा ४, गुल्मी, मुगु र सुनसरीमा ३\३ जना, डडेल्धुरा, झापा, गोर्खा, सर्लाही, बैतडी, रामेछाप, बाँके, काभ्रे र इलाममा २÷२ जना, तेह्रथुम, बारा, दार्चुला, धादिङ, दोलखा, रौतहट, सिन्धुपाल्चोक, लम्जुङ, सर्लाही, पर्सा, म्याग्दी, प्युठान, कालिकोट र जाजरकोटमा १\१ जना गरी २५५ जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका २५५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६,४२३ पुगेको छ ।

आज २५३ जना निको भएसँगै, निको हुनेको संख्या ७,७५२ पुग्यो
। नेपालमा कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा २५३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएर घर फर्किएका छन् ।

आज २५३ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ७,७५२ पुग्यो

मन्त्रालयद्धारा आयोजित बुधबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आज निको भएर गएका २५३ जनासँगै नेपालमा कुल संक्रमति १६,४२३ जनामध्ये ७,७५२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मन्त्रालयका अनुसार यो संख्या ४७.२ प्रतिशत हो ।

कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएकालाई भेदभाव गर्नेलाई कारबाही गरिने
कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएका व्यक्तिलाई परिवारबाटै भेदभाव भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएर समुदाय तथा घर परिवारसँग जाँदा घर परिवारले भेदभाव तथा हेलाहोचो गरेको पाइएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएकालाई भेदभाव गरेमा कारबाहीमा परिने

कतिपय ठाउँमा घरमै बस्न नदिएको खबर बाहिर आएको बताउँदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भेदभाव होइन स्वागत गरेर घरमा बस्ने व्यवस्था गर्न अनुरोध समेत गरेका छन् । उनले त्यसो नगरेमा कानुनअनुसार कारबाही गर्ने समेत बताएका छन् ।

‘यसरी भेदभाव गरेमा कानुनी कारबाही हुने समेत जानकारी गराउन चाहान्छु ।’ डा. जागेश्वर गौतमले भने ।

नेपालमा २३ असारसम्मको कोरोना अपडेटः संक्रमितको संख्या १६ हजार नाघ्यो, ७,४९९ जना निको र ३५ जनाको मृत्यु

वि.सं.२०७७ असार २४ बुधवार १८:३५ मा प्रकाशित

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...