back
CTIZAN AD

नेपालमा २३ असारसम्मको कोरोना अपडेटः संक्रमितको संख्या १६ हजार नाघ्यो, ७,४९९ जना निको र ३५ जनाको मृत्यु

वि.सं.२०७७ असार २३ मंगलवार

768 

shares

२३ असार, काठमाण्डौं । नेपालमा मंगलबार (२३ असार ) सम्म पिसीआर प्रविधिबाट २ लाख ६१ हजार ८६१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,१३३ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा ६,१३३ वटा पिसीआर नमुना परीक्षण गरिएको छ । यो संख्या आइतबार र सोमबारको तुलनामा झण्डै २ हजारले बढी हो ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,६३४ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २५ हजार ७२७ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १६,१६८ पुगेको छ भने आज निको भएर ६८८ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ७,४९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ३५ रहेको छ ।

आज २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,१६८ पुग्यो
नेपालमा आज. २०४ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी बाजुरामा ५४ जना संक्रमित भेटिएका छन् । साथै काठमाण्डौंमा १४ जना, ललितपुरका १० र भक्तपुरमा ४ गरी उपत्यकामा जम्मा २८ जनामा संक्रमण पुष्टि भएको छ ।

आज उपत्यकाका २८ सहित २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,१६८ पुग्यो

अछाममा ११, बैतडी ११, ललितपुरमा १०, महोत्तरीमा ९, अर्घाखाँचीमा ८, धनुषामा ८, डोटीमा ७, मोरङमा ६, डडेल्धुरामा ६ नवलपरासीमा ५, सल्यानमा ५, रुकुमपश्चिममा ४, दाङमा ३, मकवानपुरमा ४, सर्लाहीमा ३, सुर्खेतमा ३, सप्तरीमा ३, गोर्खा, तनहुँ, पाल्पा, सुनसरी र बर्दियामा २÷२ जना र गोर्खा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लम्जुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुमपश्चिम, रामेछाप, बाग्लुङ, कपिलवस्तु,झापा र रुकुमपूर्वमा १÷१ जना गरि आज २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २०४ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,१६८ पुगेको छ ।

आज पनि ६८८ जना कोरोना संक्रमणबाट निको भए
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइशोलनमा उपचाररत ६८८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

आज निको भएका ६८८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ७,४९९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएका मध्ये ४६.४ प्रतिशत संक्रमितहरु स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् ।

मन्त्रालयले उनीहरुको उपचारमा अहोरात्र खटिने चिकत्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगी शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन रगेको छ ।

नेपालमा यी चार जिल्ला जो कोरोना ‘फ्रि’ जिल्ला घोषणा भए
नेपालमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको छ । गत चैत ८ गते फ्रान्सबाट आएकी काठमाण्डौंकी युवतीमा कोरोना संक्रमण देखिएपछि सरकारले चैत ११ गतेबाट देशैभरी लकडाउन घोषणा गरेको थियो । चैत ११ देखि गरिएको लकडाउन आज १०६ औं दिनमा पुगेको छ ।

यसवीचमा संक्रमितको संख्या पनि ह्वात्तै बढ्दै गयो । देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिए । तर, हाल ७७ जिल्लामा कोरोना संक्रमण हुने क्रम मत्थर हुँदै गएको देखिन्छ ।

७७ जिल्ला मध्ये ४ जिल्ला कोरोना संक्रमणबाट मुक्त भइसकेको घोषित भएका छन् । ती जिल्लामा हाल एकजना पनि कोरोना संक्रमित छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट मुक्त भएका चार जिल्लामा प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु रहेका छन् भने कर्णाली प्रदेशको हुम्लामा पनि कुनै पनि कोरोना संक्रमति नभएको बताइएको छ ।

 

रित्तिदै छन् कर्णालीका आइसोलेशनहरु, १४९८ कोरोना संक्रमितमा १२३१ जना निको भए
कर्णाली प्रदेशमा पछिल्लोपटक कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि निर्माण गरेका प्रदेशका विभिन्न आइसोलेशनहरु यतिबेला रित्तिदै गएका छन् ।

कर्णालीमा आइतबार पुष्टि भएका ९ जनासहित कूल संक्रमितको संख्या १,४९८ रहेको छ । जसमा १,२३१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाको इपिसेन्टर बनेको दैलेखमा मात्रै ७०३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

नेपालमा हालसम्म १५,९६४ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ असार २३ मंगलवार २०:११ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...