back
CTIZAN AD

नेपालमा हालसम्म १५,९६४ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ असार २२ सोमवार

903 

shares

२२ असार, काठमाडौँ । नेपालमा सोमबार (२२ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ५५ हजार ७२८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशभरीका २५ वटा प्रयोगशालाबाट ४,७२१ वटा पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,११८ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २९ हजार २१५ रहेको छ । क्वारेन्टिनमा रहनेको संख्या दैनिक घटिरहेको छ ।
आज थपिएका १८० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १५,९६४ पुगेको छ भने आज निको भएर २६४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ६८११ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै आज थप १ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ३५ रहेको छ ।

आज उपत्यकाका ५४ सहित १८० जनामा कोरोना संक्रमण
नेपालमा आज १८० जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज अन्य जिल्लामा कम संक्रमित भेटिए पनि काठमाण्डौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या बढेको देखिन्छ ।

आज उपत्यकाका ५४ सहित १८० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १५९६४ पुग्यो

जसमा काठमाण्डौंमा २४, ललितपुरमा २०, लम्जुङमा ११, भक्तपुरमा १० सप्तरीमा ८, कास्कीमा ८, कैलालीमा ८, नवलपरासीमा ८, गोर्खामा ७, सर्लाहीमा ६, बाग्लुङमा ६, रौतहटमा ६, झापामा ५, सिन्धुपाल्चोकमा ५, मकवानपुरमा ५, डडेल्धुरामा ५, चितवनमा ४, काभ्रेमा ४, पाल्पामा ४, प्युठानमा ४, ओखलढुंगामा ३, खोटाङ, सिन्धुली, दोलखा, दाङ र सिराहामा २÷ २ जना तथा सुनसरी, नुवाकोट, बारा, धादिङ, खोटाङ, नवलपरासीपुर्व, संखुवासभा, सिराहा, उदयपुर, सुनसरी, ताप्लेजुङ, जाजरकोट अर्घाखाँची र जुम्लाका १÷१ जना गरी आज जम्मा १८० जनामा संक्रमण पृष्टि भएको छ ।

हालसम्म कुन प्रदेशमा कति संक्रमित भए त ? हेर्नुहोस् विवरण
नेपालका सातै प्रदेशमा हालसम्म १५,९६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार हालसम्म प्रदेश १ मा ७१० जना, प्रदेश २ मा ४,१८४ जना, बाग्मती प्रदेशमा ६३९ जना, गण्डकी प्रदेशमा १,१७५ जना, प्रदेश नम्बर ५ मा ३९८४ जना कर्णाली प्रदेशमा १,५८१ जना र सुदूरपश्चिम प्रदेशमा ३६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५०० भन्दा बढी संक्रमित रहेका जिल्ला
मन्त्रालयका अनुसार ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र बाजुरा जिल्ला रहेका छन् ।

आज २६४ जनाले कोरोनालाई जितेर घर फर्किए,
नेपालमा आज कोरोना संक्रमणबाट निको भएर २६४ जना घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर कोभिड १९ को उपचार गराइरहेकामा २६४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
आज २६४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८११ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ४६९ जना प्रदेश २ मा २०७२ जना, बाग्मती प्रदेशमा २३९ जना, गण्डकी प्रदेशमा २९५ जना प्रदेश नम्बर ५ मा १८५७ जना, कर्णाली प्रदेशमा १,२२२ जना र सुदूरपश्चिम प्रदेशमा ६६२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

अब मास्क नलगाई घर बाहिर निस्कनेलाई कारबाही हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको अवस्थामा बन्दाबन्दीको नियम पालना नगर्ने र मास्क नलगाइ हिँड्नेलाई कारबाही हुने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबारको पत्रकार सम्मलेनमा बन्दाबन्दीको नियम पालना गर्न अनुरोध गर्दै मास्क नलगाई घरबाहिर निस्कने व्यक्तिलाई कारबाही हुने जानकारी दिएका हुन् ।
यस विषयमा गृहमन्त्रालयले सम्बन्धीत सरोकारवाला निकायहरुलाई निर्देशन समेत दिइसकेकोले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो
नेपालमा आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङ निसीखोला वडा नं ३ का २९ वर्षीय १ युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेका उनको असार २१ गते मृत्यु भएको हो ।

उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल आएका थिए । आइतबार ती युवाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नेपालमा असार २१ सम्मको कोरोना अपडेटः १५,७८४ जना संक्रमित, ३४ को मृत्यु र आइसोलेशनमा ९,२०३ जना

 

वि.सं.२०७७ असार २२ सोमवार १९:०८ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...