२१ असार, काठमाण्डौं । नेपालमा आइतबार (२१ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ५१ हजार ७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशभरीका २५ वटा प्रयोगशालाबाट ४,७१० वटा पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,२०३ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ३१,५७३ रहेको छ । क्वारेन्टिनमा रहनेको संख्या दैनिक घटिरहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५,७८४ पुगेको छ भने आज निको भएर २९३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ६,४१५ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ३४ रहेको छ ।
आज काठमाण्डौंका २७ सहित २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५७८४ पुग्यो
नेपालमा आज २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार आज सबैभन्दा बढी कन्चनपुरमा ३२, रौतहट २९, कैलाली २७, धनुषा २७ र बाजुरमा २० जना रहेका छन् ।
आज काठमाण्डौंका २७ सहित २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५७८४ पुग्यो
त्यस्तै सल्यानमा १५, महोत्तरीमा १२, प्युठानमा ११, डडेल्धुरामा ९, सुर्खेतमा १०, सर्लाहीमा ६ दैलेखमा ५, बर्दियामा ४, रुकुमपश्चिममा ४, बैतडीमा ४, डोटीमा ३, अर्घाखाँची ३, रौतहट, रुपन्देही, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक, तनहुँ, कास्की, झापा, ताप्लेजुङ, मोरङ, सुर्खेत र दैलेखका २\२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पाँचथर,सिराहा, पर्सा, कपिलवस्तु, नुवाकोट, सल्यान, मकवानपुर, बाँके, बर्दिया, नुवाकोट, सर्लाही, भक्तपुर, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लम्जुङ, गोर्खा, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, स्याङजा र अछाममा १\१ जना गरी जम्मा २९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज थपिएका २९३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या १५७८४ पुगेको छ ।
आज १३२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ६५४७ पुग्यो
नेपालमा आइतबार १३२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत १३२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज निको भएका १३२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६,५४७ पुगेको छ ।
उनीहरुको उपचारमा अहोरात्र खटिएर सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई मन्त्रालयले विशेष धन्यवाद दिएको छ ।
ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँका ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्ष भएको जनाएको छ ।
मन्त्रालयले शनिबार काठमाडौँका ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै विश्वमा भएको अध्ययनमा व्यक्तिमा कोरोना भाइरस संक्रमण रहेको अवस्थामा वा निको भइसकेपछि पनि ढलमा भाइरसका टुक्राटुक्री भेटिएको देखिने उक्त भाइरस सामान्यतया रोग सार्ने खालको नभएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
‘अध्ययन अनुसार कोरोना भाइरस सामान्य तापक्रमको पानी, क्लोरिनजस्तो जिवाणुनासक औषधि राखिएको फोहोर पानी अथवा अस्पतालबाट निस्कने फोहोर पानी जुन ढलको पानीमा पनि दुईदिनसम्म बाँच्ने देखिएको छ, डा. गौतमले भने, ‘यसरी ढलको पानीमा कोरोना भाइरसको पहिचान भएपनि यसको माध्यमबाट मानिसमा सर्न सक्ने सम्भावनालाई अध्ययनहरुले पुष्टि गरेका छैनन् ।’
डा. गौतमले अन्य रोगका किटाणु समेत हुन सक्ने हुनाले डलको पानीको उचित प्रशोधन हुन भने जरुरी रहेको बताउँदै ढलको पानीमा कोरोना भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने समेत बताए ।
तथापी ढलको पानीमा कामगर्ने सरफाई कर्मचारीले उचित प्रकारका स्वास्थ्य सामग्री, लामो बुट, गाउन, पन्जा जुत्ता, मास्क अनुहार छोप्ने चश्मा वा सामग्री लगाउन पनि डा. गौतमले सुझाव दिएका छन् ।
डा गौतमले ढलको पानीमा भाइरस भेटिएको बारे थप अनुसन्धान गरिने बताउँदै ढलको पानीमा भाइरस देखिदैमा नआत्तिन र नडराउन समेत अनुरोध गरेको छ ।
नेपालमा हालसम्मको कोरोना अपडेटः १५,४९१ संक्रमित, ३४ जनाको मृत्यु, निको हुनेको संख्या ६,४१५ पुग्यो
वि.सं.२०७७ असार २१ आइतवार १८:४२ मा प्रकाशित






























