back
CTIZAN AD

आज काठमाण्डौंका २७ सहित २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५७८४ पुग्यो

वि.सं.२०७७ असार २१ आइतवार

798 

shares

२१ असार, काठमाण्डौं । नेपालमा आज २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमन्त्रालयका अनुसार आज सबैभन्दा बढी कन्चनपुरमा ३२, काठमाण्डौंमा २७ जना रौतहटमा २९, कैलालीमा २७, धनुषामा २७, र बाजुरामा २० जना रहेका छन् ।

आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका १, ताप्लेजुङका २ र मोरङका २ जना, जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २७ जना, सिराहाका १ जना र महोत्तरीका १२ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यसैगरी, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा पर्साका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका १, बैतडीका ३, कैलालीका १४, कपिलवस्तुका १, काठमाण्डौंका ५, नुवाकोटका १, रौतहटका २, सल्यानका १ र सर्लाहीका ६ जना रहेका छन् ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा मकवानपुरका १, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौडामा गरिएको परक्षिणमा रौतहटका २७ जना, वीर अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा काठमाण्डौंका १, टिचिङ अस्पताल महाराजगन्जमा अर्घाखाँचीका २, बाँकेका १, बदिर्याका १ जना र काठमाण्डौंका २१ जना, नुवाकोटका १, सर्लाहीका १, भक्तपुरका १, रामेछापका २, सिन्धुपाल्चोकका २, इलामका १, ललितपुरका २, म्याग्दीका १ र धादिङका १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका १ र तनहुँका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २, लम्जुङका १ र गोर्खाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका १, कपिलवस्तुका १, नवलपरासीका १, प्युठानका ११ र रुपन्देहीका २ जनामा संक्रमण पृष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा सल्यानका १५, दैलेखका २, सुर्खेतका १०, स्याङजाका १, बर्दियाका ४, पिसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका ५ र सुर्खेतका २ जना,चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बाजुराका २० जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ३ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा अछामका १, बैतडीका १, डडेल्धुराका ६, डोटीका ३, कैलालीका १३ जना र कन्चनपुरका ३२ जना गरि आज जम्मा २९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका २९३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या १५७८४ पुगेको छ ।

नेपालमा आज २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५,४९१ पुग्यो

वि.सं.२०७७ असार २१ आइतवार १६:४६ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...