back
CTIZAN AD

लकडाउनपछि सबैभन्दा बढी रकमको सेयर कारोबार

वि.सं.२०७७ असार २१ आइतवार

1K 

shares

२१ असार, काठमाडौं । साताको पहिलो दिन आईतबार कोरोना भाईरसको संक्रमणका कारण सरकारले गरेको लकडाउन पछि सबै भन्दा धेरै मुल्यको सेयर कारोबार भएको छ । शुक्रबार १ अर्ब तीन करोड ३३ लाख ९० हजार २३१ रुपैंयाँ बराबरको २८ लाख ६ हजार ८ सय ९८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

कूल सूचिकृत मध्ये १७२ कम्पनीको कारोबारहुँदा समग्र परिसूचक ९.३५ अंकले बढेर १२६५.४५ बिन्दुमा पुगेको छ । आईतबार कूल १२ समूहमध्ये ब्यापार, बिकास बैंक, जलबिद्युत, बित्त कम्पनी, र सामुहिक लगानी कोष बाहेक ७ वटा कम्पनीको परिसूचक बढेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि झिनो अंकले उकालो लागेको छ । उसको परिसूचक ०.२ प्रतिशतले मात्र बढेको हो ।

आज कारोबार भएका मध्ये जीवन बीमा कम्पनी समूहका लगानीकर्ताले सबै भन्दा बढी २१२.५६ अंकले कमाउँदा ब्यापार समूहका लगानीकर्ताहरु सबै भन्दा बढी गुमाउनेमा परेका छन । उनीहरुले ७५.२३ अंकले गुमाएका छन् ।

जनउत्थान सामुदायीक लघुबित्त(१२८), स्प्रासा लघुबित्त(५६), सुर्योदय लघुबित्त(५४)का लगानीकर्ताले कमाउँदा बोटलर्स नेपाल(३८७), साल्ट ट्रेडिङ कर्पोरेसन(२८५), नेशनल माईक्रो फाईनान्स(११३) लगायका लगानीकर्ताले गुमाएका छन् ।

अघिल्लो साता सेयर करोबारमा अप्रत्यसित रुपमा घटबड हुँदा कराबार राम्रोसंग संचालन हुन सकेको थिएन तर सातको पहिलो दिन आईतबार भने करोबार औषत रुपमा राम्ररी नै चलेको थियो ।

 

वि.सं.२०७७ असार २१ आइतवार १६:०८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...