back
CTIZAN AD

नेपालमा आज २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५,४९१ पुग्यो

वि.सं.२०७७ असार २० शनिवार

975 

shares

२० असार, काठमाण्डौं । नेपालमा आज जना कोरोना संक्रमणका २३२ नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ३७ जना, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कन्चनपुरका ६, नवलपरासीका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका १ र सिराहाका ६ जना, कोशि अस्पताल विराटनगरमा इलाम १, झापा १, मोरङका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना र गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिराहाका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १५ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ६ जना र नवलपरासीपूर्वका ७ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बाग्लुङ र म्याग्दीका ३\३ जना र स्याङजा र तनहुँका १\१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ३ र प्युठानका २ जनामा संक्रमण पृष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ५ जना र रोल्पाका २ जना, दैलेख प्रयोगशालामा १ जना गरी आज २३२ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २३२ जनासँगै नेपालमा हालसम्म १५,४९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तो छ प्रदेश विवरण
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ६८६ प्रदेश २ मा ४,०८३ बाग्मती प्रदेशमा ५२५, गण्डकी प्रदेशमा १,१३३, प्रदेश नम्बर ५ मा ३,९४२, कर्णाली प्रदेशमा १,५४० जना र सुदुरपश्चिम प्रदेशमा ३५८२ जना गरी हालसम्म १५,४९१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो

वि.सं.२०७७ असार २० शनिवार १६:५५ मा प्रकाशित

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...